ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एयरलाइन्सको शेयर स्वामित्व परिवर्तन 

चिनियाँ सरकारी कम्पनीले लियो तिब्बत एयरलाइन्सको शेयर

Sep 30, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । निजीक्षेत्रको हिमालय एयरलाइन्सको चिनियाँतर्फको शेयर स्वामित्व परिवर्तन भएको छ । चीनकै तिब्बत एयरलाइन्सको शेयर तिब्बत सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले किनेको हो । तिब्बत सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी चीन सरकारको स्वामित्वको कम्पनी हो ।

एयरलाइन्समा नेपाली पक्ष यती वल्र्ड इन्भेस्टमेन्टको ५१ प्रतिशत र चिनियाँ पक्षको ४९ प्रतिशत शेयर रहेको छ । नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तरराष्ट्रिय उडान सेवा उपलब्ध गराउ“दै आएको निजी वायुसेवा कम्पनी हो । कम्पनीले आइतवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत शेयर स्वामित्व परिवर्तन र कम्पनीका भावी योजनाबारे जानकारी दियो । तिब्बत एयरलाइन्सको स्वामित्वमा रहेको शेयर चिनियाँ सरकारी स्वामित्वको सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले किनेको पत्रकार सम्मेलनमा बताइयो । शेयर स्वामित्व परिवर्तनसँगै कम्पनीले नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।

स्वामित्व परिवर्तनसँगै एयरलाइन्सले यसको विस्तार र नयाँ उचाइ प्राप्त गर्ने रणनीतिक बाटो पहिल्याउने हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले बताए । एयरलाइन्सले छिट्टै नै तिब्बतको ल्हासासहित चीनको पेचिङ र अन्य प्रमुख शहरलाई आफ्नो सञ्जालमा जोड्ने योजना रहेको अध्यक्ष एन्योङले बताए । 

तिब्बत एयरलाइन्सले आफ्नो स्वामित्वमा रहेको शेयर सिभिल एभिएशनलाई केही समयअघि नै हस्तान्तरण गरिसकेको र नेपालमा मात्र शेयर हस्तान्तरणका केही प्रक्रिया बाँकी रहेको एयरलाइन्सले जानकारी दिएको छ । एयरलाइन्समा नेपाली लगानीकर्ता भने यथावत् नै रहेको छ । 

चीनस“ग सञ्जाल विकास गर्ने क्रममा एयरलाइन्सले कात्तिक १० गतेदेखि चीनको राजधानी पेचिङमा पहिलो उडान गर्ने योेजना बनाएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । त्यसपछि चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गरिनेछ ।

हिमालयसँग अहिले १५८ सीट क्षमताका एयरबस ए–३२० सिरिजका तीनओटा जहाज छन् । ती प्रत्येक विमानमा ८ बिजनेश र १५० इकोनोमी क्लासका सीट छन् । साथै निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान गर्न एयरलाइन्सले दुई ए–३१९ जहाज खरीद गर्दै छ ।  

‘पाँच वर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गरेका छौं । आगामी दिनमा पनि निरन्तर अगाडि बढ्ने अठोट संकल्प व्यक्त गर्न चाहेका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने । 

एउटा जहाज र एउटा गन्तव्यबाट उडान सेवा शुरू गरेको एयरलाइन्सले ३ वर्षको अन्तरालमा आफ्नो स्वामित्वका ३२०–२१४ सिरिजका तीनओटा न्यारो–बडी एयरक्राफ्टमार्फत पाँचओटा गन्तव्य– आबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान गर्दै आएको छ ।

एयरलाइन्सको नयाँ लोगो सार्वजनिक
हिमालय एयरलाइन्सले हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अंकित गर्दै बनाइएको नया“ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान सार्वजनिक गरेको छ । 

हिमालयको निर्देशक सिद्धान्त सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एशियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको एयरलाइन्सका प्रेसिडेन्ट झो एन्योङले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)