ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सहुलियत कर्जा दिन बैंकहरूको आलटाल’

Sep 30, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियत कर्जा पाउन सकस भएको सल्यानका स्थानीयले गुनासो गरेका छन् । सल्यानको खलंगामा हालै आयोजित वित्तीय संस्थाको आन्तरिक सुशासन विषयक कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् । कुनै पनि व्यवसाय सञ्चालन गर्न इच्छुक भएर बैंक तथा वित्तीय संस्थामा कर्जा लिन जाँदा विभिन्न बहानामा आलटाल गर्ने तथा कर्जा नै नदिने गरेको उनीहरूले बताए ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाका किसान लोकराज भण्डारीले कर्जा लिएर व्यवसाय बढाउँदै जाने सोच भए पनि बैंक तथा वित्तीय संस्थाबाट सहुलियतमा कर्जा नपाएको टिप्पणी गरे । ‘सडकको पुहँच नपुगेको, घरजग्गाको मूल्य कम भएको लगायत बहानामा दिइँदैन,’ उनले भने । सुगम ठाउँमा भएका घरजग्गाको धितोलाई मात्र आधार मानेर भन्दा पनि व्यवसाय हेरेर कर्जा दिइनुपर्ने उनले बताए । 

यस्तै राजनीतिक, आर्थिक तथा पहुँचका आधारमा मात्र बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध गराउने गरेको स्थानीय यज्ञ कुमार विकको आरोप छ । सल्यानका जनताले गरेको बचत सल्यानमै लगानी गर्ने खालको वातावरण सृजना गर्नुपर्नेमा उनले जोड दिए । 

सहुलियत कर्जा किसानसँगै अन्य व्यवसाय गर्नेहरूले माग गर्ने गरे पनि नीतिगत समस्याका कारण उपलब्ध गराउन नसकिएको नेपाल बैंक लिमिटेड, सल्यान शाखा प्रबन्धक हरिकृष्ण उपाध्यायले बताए । कृषिक्षेत्रको कर्जा लगानीमा जोड दिइएको भन्दै उनले आवश्यक विधि, प्रक्रिया नपु¥याई कर्जा माग गर्नेहरू धेरै भएकाले पनि समस्या भएको औंल्याए । ‘जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालनको खाँचो छ,’ उनले भने, ‘विधि प्रक्रिया नपुगेमा कर्जा पाइँदैन ।’ 

हरप्लेस नेपाल सल्यानका उपाध्यक्ष सुनीता बुढाको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले नागरिकलाई बैंकिङ कारोबारका लागि जागरुक बनाउनुपर्ने बताइन् । बैंकहरूसँग सहकार्य गरेर वित्तीय साक्षरता कक्षा सञ्चालन गरिने उनले जानकारी दिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)