ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टिकट पाउनै सकस 

Sep 30, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । यातायात व्यवसायीहरूले असोज १८ गतेसम्मका लामो दूरीका लागि सबै टिकट बुक भइसकेको दाबी गरिरहँदा आइतवारसम्म ८५ हजार ९१ ओटा टिकट मात्र बुक भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

राजधानी काठमाडौंबाट दशैंमा बाहिरिने लाखौं यात्रुको सहज यात्रालाई ध्यानमा राखी असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । प्रत्येक वर्ष दशैं मनाउन राजधानीबाट करीब २५ लाख मानिस बाहिरिने गरेका छन् । उपत्यका ट्राफिकका अनुसार असोज ५ देखि १२ सम्म लगभग ७ लाख मानिस काठमाडौंबाट बाहिरिएका छन् । यसरी काठमाडौबाट बाहिरिनेको संख्या घटस्थापनादेखि ≈वात्तै बढ्ने गर्छ । त्यसको अर्थ हुन्छ, अभैm १८ लाख मानिस राजधानीबाट दशैं मनाउन आआफ्नो थातथलो जान बाँकी नै छ । 

तर, गोगंबु बसपार्क, गौशाला, सुन्धारालगायत टिकट काउन्टरमा काठमाडौंबाट घर जानका लागि टिकट नपाउनेको संख्या पनि उत्तिकै छ । आइतवार सुन्धारामा भेटिएकी कैलाली टीकापुरकी देवसरा उपाध्यायले आइतवार दिउँसोसम्म सुदूरपश्चिमका काउन्टरबाट टिकट नपाएकोे बताइन् । ‘३ दिनदेखि टिकटका लागि सुन्धारा र बसपार्कका काउन्टरमा धाइरहेकी छु तर पनि टिकट पाएकी छैन ।’ यस्तै सुर्खेतका खगेन्द्र विश्वकर्माले पनि टिकट नपाएको बताए ।

टिकट काउन्टरका कर्मचारीका अनुसार छिटफुट छोटो दूरीमा चल्ने बसको टिकट बुकिङ मात्र बाँकी छ, लामो दूरीका बसका अग्रिम टिकट छैन । सुन्धारास्थित कर्णाली रिभरसाइड यातायात प्रालिका कर्मचारी विकास शर्माले लामो दूरीको टिकट बुक भइसकेको बताए । आधाभन्दा बढी मानिस बाहिरिन बाँकी रहँदा बुकिङ कसरी सकियो भनेर सोध्दा उनले भने, ‘एउटै टिकटमा ५/७ जनाको टिकट काटिएको हुनसक्छ र कसैले टिकट होल्ड गरेर बसेको हुन पनि सक्छ ।’ 

उनले यातायात समितिलाई कम्पनीमा रूपान्तरण गरेपछि कतिपय व्यवसायीले घरमै गाडी थन्काएर बसेकाले र जामका कारण घण्टौं गाडी बाटोमा होल्ड हुँदा पनि टिकट अभाव भएको हुनसक्ने बताए । जामका कारण निर्धारित गाडी चल्ने निर्धारित दिन सरेको उनको तर्क छ । ‘समितिले आपैm तेल हालेर भए पनि गाडी चलाउँथ्यो तर कम्पनीमा गएपछि समस्या बढेको छ,’ उनले भने ।

यात्रुहरूले टिकट नपाइरहँदा राष्ट्रिय यातायात व्यवसायी महासंघले भने दशैंमा राजधानीबाट बाहिरिने यात्रुका लागि गाडीको अभाव हुन नदिने रटान छाडेको छैन । थप गाडीको व्यवस्था गरेर भए पनि गाडीको अभाव हुन नदिने दाबी महासंघले गरिरहेको छ । ‘अग्रिम टिकट र रेगुलर टिकट गरी टिकट दुई तरीकाले लिन सकिन्छ,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘रेगुलर टिकट पनि बुकिङ भइरहेकाले बजारको हल्लाजस्तो भयावह स्थिति छैन ।’ उनका अनुसार दशैंमा दैनिक १ हजार सार्वजनिक बस बाहिरिरहेकोमा आधा बस रेगुलर बुकिङमा चलिरहेका छन् । सबै कम्पनीलाई गाडीको व्यवस्थापन गर्न निर्देशन दिइसकेकाले थप गाडी थपेर भए पनि सेवा दिइने उनले दाबी गरे । महासंघमा १५० ओटा यातायात कम्पनी आबद्ध छन् ।

यता यातायात व्यवस्था विभागले दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राखेर आइतवारदेखि रूट पर्मिट खोलेको छ । विभागले १९ गतेसम्मका लागि रूट पर्मिट खोलेको हो । यो व्यवस्थासँगै छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायातका सवारी रूट पर्मिट विनै मुलुकको जुनसुकै स्थानमा सञ्चालन हुन पाउनेछन् । 

सरकारले विगतमा पनि दशैंको समयमा सवारीको रूट पर्मिट खुला गर्ने गरेको थियो । यात्रुको चाप कम हुने रूटका सवारी चाप धेरै हुने रूटमा जान सकून् तथा दशैंमा यात्रुहरू सहजै यात्रा गर्न सकून् भनेर यो निर्णय गरिएको विभागले बताएको छ । ‘हामीले दशैंमा घर फर्किने यात्रुको चापलाई हेरेर रूट पर्मिट खोलेका हौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘यो अवधिमा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातले पनि लामो दूरीको सेवा दिन सक्नेछन् जसले लामो दूरी यात्रा गर्ने यात्रुलाई सहज हुने हाम्रो विश्वास छ ।’ नियमित अवस्थामा सार्वजनिक यातायातका सवारी साधनले रूट पर्मिट लिएका क्षेत्रमा मात्रै आफ्नो सेवा प्रदान गर्न पाउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)