ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको दोसल्लेमा झोलुंगे पुल निर्माण

Oct 1, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडां नं ७ दोसल्लेमा झोलुंगे पुल निर्माण गरेको छ । झोलुंगे पुल सहयोग कार्यक्रम (टीबीएसयू)को प्राविधिक सहयोगमा गाउँपालिकाले पुल निर्माण गरेको हो । गाउँपालिकाले रघुगंगा गाउँपालिका–१ बेगखोलादेखि दोसल्ले जोड्ने उक्त पुलको लम्बाइ ११५ मिटर छ । रू. ५१ लाख ५९ हजार ९५७ लगानीमा निर्मित उक्त पुलबाट २ सय घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष खगवीर गर्बुजाले बताए ।

पुल निर्माण भएपछि दोसल्ले, तिप्ल्याङ, बेग, बादुक, टिकोट, हिस्तानका बासिन्दालाई सुविधा पुगेको छ । पुल निर्माणले घुमाउरो बाटो हिँड्नुपर्ने अथवा तुइन तर्नुपर्ने बाध्यता हटेको अध्यक्ष गर्बुजाले जानकारी दिए । उनका अनुसार पहिले डेढ घण्टा घण्टा लाग्ने बाटो २० मिनेटमा छोटिएको छ । यसअघि दोसल्लेबाट बेगखोला पुग्न तिप्ल्याङ हुँदै घुमाउरो बाटो हिँड्नुपथ्र्यो ।

घुमाउरो बाटो हिँड्नुपर्ने भएपछि त्यहाँ तुइन राखिएको थियो । पुल बनेपछि तुइन पूर्णरूपमा विस्थापित भएको स्थानीय मिलन गर्बुजाले बताए । पुल निर्माणका लागि टीबीएसयूले लठ्ठा र बिल्डअप ग्रिप उपलब्ध गराएको थियो । मजदूरको ज्याला, निर्माण सामग्री खरीदको भुक्तानी गाउँपालिकाले गरेको हो । गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक र सामाजिक परिचालनमा सहयोग गरेको थियो । 

यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको उपल्लो घलेम्दी खोलामा ४३ मिटर लामो झोलुंगे पुल निर्माण र वडा नं ७ र ८ को सिमानामा पर्ने मर्ना खोलाको झोलुंगे पुल मर्मत गरिएको छ । ३२ लाख ७७ हजार ५६५ रुपैयाँ लागतमा निर्मित ४३ मिटर लामो उपल्लो घलेम्दी खोलाको झोलुंगे पुलबाट २४० घरधुरीका १ हजार २०१ जना लाभान्वित भएको गाउँपालिकाले बताएको छ । 

सडक सुविधाको पहुँचदेखि टाढा रहेका दुर्गम बस्तीमा आवत जावत र ढुवानीका लागि झोलुंगे पुल प्रभावकारी बनेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)