ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिममा उत्पादनमूलक उद्योग साढे ४ हजार

Oct 2, 2019  
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उत्पादनमूलक उद्योगको संख्या साढे ४ हजार नाघेको छ । कुल २० हजार ८८ उद्योग दर्तामध्ये उत्पादनमूलक उद्योगको संख्या ४ हजार ५०० पुगेको हो । उद्योग विभागका अनुसार यो प्रदेशभित्र ऊर्जाका ११, कृषि तथा वनजन्य ४ हजार ३००, पर्यटन साढे १ हजार, सेवामूलक ८ हजार र निर्माणका ८ सय उद्योग दर्ता भएका छन् । यद्यपि दर्ता भएका सबै उद्योग सञ्चालनमा आउन नसकेको लघु, घरेलु तथा साना उद्योग महासंघले बताएको छ ।

प्रदेशभित्र दर्ता भएका २० हजार ८८ लघु उद्योगमध्ये साढे ५ हजार निष्क्रिय रहेको प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । उद्योग दर्ता बढेको देखिए पनि कमै मात्र उद्योग सञ्चालनमा देखिएको लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । 

दर्ता भएका कुल २० हजार ८८ उद्योगमध्ये १५ हजार २०० लघु उद्योगले मात्र नवीकरण गरेको मन्त्रालयले बताएको छ । कार्यविधि बनिनसकेकाले कार्यक्रम कार्यान्वयनमा समस्या भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको उद्योग तथा पर्यटन प्रवद्र्धन महाशाखा प्रमुख भोजराज पाठकले बताए । ‘निष्क्रिय उद्योगलाई सक्रिय बनाउने कार्यक्रम छ,’ उनले भने, ‘तर कार्यान्वयनका लागि कार्यविधि नभएकाले समस्या भएको छ ।’

घरेलु तथा साना उद्योग कार्यालय, धनगढीमा ७ हजार ५७७ उद्योग दर्ता भएका छन् । ८८ उद्योगले अझै नवीकरण गरेका छैनन् । ‘नवीकरण नगरेका उद्योगहरू निष्क्रिय हुन सक्छन्,’ घरेलु तथा साना उद्योग कार्यालय, धनगढीका प्रमुख नवराज भट्टले भने । प्रदेशभित्र ठूला उद्योगको संख्या १०८ मात्र रहेको पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)