ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तल्लो मोदी जलविद्युत्को उत्पादन दशैैंभित्रै

Oct 3, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको मोदीखोलामा निर्माणाधीन तल्लोमोदी जलविद्युत् आयोजनाले दशैंभित्रै उत्पादन थाल्ने तयारी गरेको जानकारी दिएको छ । पटकपटक उत्पादनको मिति तोक्दै आएको आयोजनाले नयाँ मिति तोकेको हो । २० मेगावाट क्षमताको आयोजनाले सबै तयारी पूरा गरेको आयोजना प्रमुख पवनकुमार यादवले बताए । 

यादवले भने, ‘असारमा उत्पादन गर्ने समय तोके पनि प्राविधिक समस्या देखियो, तयारी नपुगेकाले उत्पादन गर्न सकिएन ।’ उक्त आयोजनाले लक्षित समयभन्दा करीब साढे २ वर्षसम्म आयोजनाको उत्पादन मिति धकेल्दै आएको छ । आयोजनाको लागि कुश्मा नगरपालिका–८, परादीदेखि मोदी गाउँपालिका–२, पातीचौरसम्म करीब ४ किलोमिटर युनाइटेड मोदीको प्रसारणलाइन छ । युनाइटेडसँग ४ किलोमिटर प्रसारणको सम्झौता तयारी भएको छ । पातीचौरदेखि नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन छ । प्रसारण लाइनको काम सकिएपछि विद्युत् उत्पादन थाल्ने आयोजनाले जानकारी दिएको छ ।

२०६९ साउनमा निर्माण शुरू भएको आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । रू. ३ अर्ब ६० करोडको लागत इस्टिमेटमा शुरू भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत पनि बढेको छ । आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । 

आयोजनाको इन्जिनीयरिङ लगायत कन्स्ट्रक्शनको ठेक्का मनाङ ट्रेडलिंक र साउथ एशियन इन्फ्रास्ट्रक्चरले गरेका हुन् । मनाङसँग मिलेर फेवा कन्स्ट्रक्शनले ‘सबकन्ट्याक्ट वर्क’ गरेको हो । कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदीको तिलाहारबाट ४२ सय मिटर लामो सुरुङ निर्माण गरिएको छ भने कुश्मा नगरपालिकाको चुवास्थित परादीमा आयोजनाको पावरहाउस निर्माण गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)