ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे दुई घण्टा बन्द

Oct 12, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल आगमनका समयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान तथा अवतरण बन्द भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार भीभीआईपी मुभमेन्टका लागि दिउँसो २ : ५५ देखि  ५ : २५ सम्मका साढे दुई घण्टा लागि ‘नोटिस टु एयरम्यान’ (नोटाम) जारी गरी विमानस्थल बन्द भएको हो ।
भारतको चेन्नइमा रहनुभएका राष्ट्रपति सीे नेपालको दुईदिने भ्रमणका लागि नेपाल तर्फ प्रस्थान गरिसक्नु भएको छ । 

एयर चाइनाको विशेष विमानमार्फत नेपाल आउँन लाग्नु भएका सी केही समयमा नै नेपाल आइपुग्नुहुनेछ  ।

सीलाई अपरान्ह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलमा उनलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी छ । विमानस्थलबाट सी सिधै सोल्टी होटल जाने कार्यक्रम छ । 

यस्तै आइतवार सी फर्किने समयममा पनि साढें दुई घण्टाका लागि उडान अवतरण बन्द गरिने छ ।  आइतवार ११ : २० देखि १ : ५० बजेसम्मका लागि नोटाम जारी भएको छ ।

नोटामले उडान तालिका प्रभावित भए पनि त्यस बाहेकको समयमा दुई दिन २४ घण्टा नै विमानस्थल सञ्चालनमा रहने कार्यालयले बताएको छ । 

ट्याक्सी–वे को मर्मतका लागि केही समयदेखि विमानस्थल राति १० बजेबाट विहान ८ बजेसम्म बन्द गर्ने गरिएको छ ।

तर शनिवार र आइतवार भने नोटामबाहेक सबै समयममा विमानस्थल खुला रहने विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

हेर्नुहोस  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जारी गरेको नोटाम :

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)