ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकालीमा मापदण्ड विपरीत उत्खनन

Oct 13, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

कञ्चनपुर । महाकाली नदीमा मापदण्ड विपरीत नदीजन्य पदार्थ (ढुंगा, बालुवा र गिट्टी) उत्खनन भइरहेको पाइएको छ । नदीमा ग्राभेल संकलनमा जेसीबीको प्रयोग गर्न नपाइने मापदण्ड छ । तर, शनिवार बिहान नदीजन्य सामग्री संकलनका लागि महाकाली पुगेको पाइएपछि १६ टिपर र ३ जेसीबीलाई प्रहरी नियन्त्रणमा लिएको छ । मापदण्ड विपरीत नदीजन्य पदार्थ संकलन गरेको भन्दै चालकसहित टिपर र जेसीबीलाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए । ‘वातावरणीय प्रभाव मूल्यांकनअनुसार नदीमा जेसीबी प्रयोग गर्न मिल्दैन, यसले भू–क्षय र कटानीको समस्या नित्याउँछ,’ एसपी आचार्यले भने, ‘ईआईएको मापदण्ड विपरीत ठेकेदारले काम गरेकोले टिपर र जेसीबीसहित  चालकलाई नियन्त्रणमा लिएका छौं, अब कारबाही प्रक्रिया अगाडि बढ्छ ।’

महाकालीको रोयल्टी संकलनका लागि भीमदत्त नगरपालिकाले भवानी प्रालिसँग ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले रू. ३ करोड ९० लाखमा कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । भीमदत्त नगरपालिकाकाका इन्जिनीयर हिमालयसिंह ऐरले जेसीबीमार्फत नदीजन्य सामग्री उत्खनन गर्न नमिल्ले बताए । ठेकेदार कम्पनीका प्रतिनिधि तेजबहादुर चन्दले महाकाली नदीबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननका लागि जेसीबी प्रयोग हुने गरेको स्वीकारे । ‘विगतका वर्षमा पनि जेसीबीबाटै नदीजन्य सामग्री संकलन हुन्थ्यो,’ उनले भने । साथै प्रहरीले आफूमाथि मनोमानी गर्न खोजेको उनको आरोप छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)