ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिंगो गाउँ नै किबीखेतीमा

Oct 17, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी


पर्वत । पर्वतको जलजला गाउँपालिकामा किबीखेती विस्तार गर्न स्थानीय सक्रिय भएका छन् । जलजला–५, लेखफाँटका बासिन्दा किबीखेतीमा लागेका हुन् । स्थानीय यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किबी रोपेपछि गाउँभरिमा अहिले व्यवसायिक खेती विस्तार गर्नेको लर्को लाग्न थालेको छ । गाउँमा अहिले ५० परिवारले किबीखेती गर्दै आएका छन् ।

एकपटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किबीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो किबी अढाई सयदेखि ६ सय रुपैयाँसम्ममा विक्री हुने किसान बताउँछन् । किसानले हेवाड, रेड, आलिसन र बुर्नो गरी चार जातका  किबी लगाएका छन् । स्थानीय कृषक कृष्णबहादुर रन्तिजाले वर्षेनि ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । 

पछिल्लो समय जलजलाको बाँसखर्क, सालिजा, लेखफाँटमा किबी खेतीको क्षेत्रफल विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । ७ वर्षमा जलजलामा मात्रै ५० हजार बिरुवा खपत भएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । मानव शरीरलाई धेरै पौष्टिक तŒव दिने भएकाले किबीको मूल्य र बजारमा माग बढ्दै गइरहेको उनले बताए । 

उनका अनुसार किबीको नियमित प्रयोगले उच्च रक्तचाप रोक्नुका साथै ज्यान फुर्तिलो बनाउने र मुटुरोगीलगायतका बिरामीका लागि फाइदा पुग्ने गर्दछ । जलजला गाउँपालिकाले किबीको व्यावसायिक खेती गर्ने किसानलाई अघिल्लो वर्षदेखि सहयोग गर्दै आएको छ । किबीको सम्भावना राम्रो भएकाले गाउँपालिकाले प्रोत्साहन गर्ने नीतिअनुसार सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)