ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ पर्यटक बढाउन नयाँ रणनीति तय गर्दै सरकार

Oct 17, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल


काठमाडौं । चिनियाँ पर्यटक भित्र्याउन सरकारले नयाँ रणनीति तय गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग गर्ने बताएसँगै पर्यटन मन्त्रालयले चिनियाँ पर्यटक भित्र्याउने रणनीति तय गर्न सरोकारवालासँग छलफल आयोजना गर्न लागेको छ । 

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वभरि नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह भएको र यसले विशेषगरी चिनियाँ पर्यटक आगमनमा अभिवृद्धि गर्ने अपेक्षा सरकारी तथा निजीक्षेत्रको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने गन्तव्य मुलुकमध्ये चीन दोस्रो स्थानमा पर्छ । बढ्दो हवाई सम्पर्क र नेपालमा बढ्दो चिनियाँ लगानीका कारण पछिल्लो ५ वर्षमा चिनियाँ पर्यटक आगमन ह्वात्तै बढेको छ ।

‘राष्ट्रपति सी स्वयम्ले नेपाल भ्रमण वर्षलाई सघाउ पुग्ने गरी चिनियाँ पर्यटक नेपाल आउन उत्पे्ररित गर्ने बताउनुभएको छ । यो सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भिœयाउने रणनीति तय गर्न मन्त्रालयले सरोकारवालासँग छलफल गर्दै छ । यसबाट छुट्टै रणनीति तय गरिनेछ,’ पर्यटन मन्त्री योगेश भट्टराईले बताए । 

आफ्नो सम्मानमा दिइएको रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल ल्याउन उत्प्रेरित गर्ने तथा चीनमा धेरै बौद्ध धर्मावलम्बीहरू भएको र बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा रहेकाले बौद्धमार्गीहरू नेपाल आउने बताउनुभएको थियो । 

मन्त्री भट्टराईले चिनियाँ पर्यटक आगमन वृद्धिका लागि नेपाल–चीन हवाई कनेक्टिभिटीलाई बढाइने बताउनुभयो । ‘हिमालय एयरले काठमाडांै–पेचिङ उडानको अन्तिम तयारी गर्दै छ । त्यस्तै, नेपाल वायुसेवा निगम पनि चिनियाँ शहरहरूमा उडान अनुमतिको पर्खाइमा छ । दुवै एयरलाइन्सको चीन उडानले पर्यटक आगमनमा गुणात्मक प्रभाव पार्ने भट्टराईको तर्क छ ।

त्यसो त, सीको भ्रणमपछि जारी भएको १४ बुँदे संयुक्त वक्तव्यमा पनि हवाई क्षेत्रमा दुवै देशको सम्बन्ध विस्तारलाई जोड दिइएको छ । अहिले चीनका पाँचओटा एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साताको ५४ ओटा उडान गर्दै आएका छन् । 

चीनसँग हवाई सञ्जाल विकास गर्ने क्रममा हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि चीनको राजधानी पेचिङमा पहिलो उडान गर्ने योेजना बनाएको छ । त्यसपछि चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा विस्तार गर्ने योजना रहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । 

त्यस्तै, नेपाल वायुसेवा निगमको उडान अनुमतिका लागि डिसेम्बरसम्ममा चिनियाँ सेफ्टी अडिट टोली नेपाल आउने निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) सँग उडान अनुमति माग गरिसकिएको छ । सीएएसीको टोली निगमको सेफ्टी अडिट गर्न डिसेम्बरसम्ममा आउने उनले बताए । चीनबाट अडिटका लागि आउने टोलीसँग सहजीकरण गर्न निगमले कार्यदलसमेत बनाइसकेको छ । निगमले चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाऊ र साङहाईमा उडान गर्ने योजना बनाएको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले चीनमात्र नभई विश्वभर नै नेपालको पर्यटन प्र्रवद्र्धन हुने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको धारणा छ । ‘त्यसै पनि चीन नेपालमा बढी पर्यटक आउने मुलुकमध्ये पर्छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यो भ्रमणले बेग्लै महŒव राख्छ’, उनले भने ।

नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो मुलुक हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१९ को पहिलो ८ महीना (जनवरी–अगस्ट) मा नेपाल भ्रमण गर्ने कुल ७ लाख ८२ हजार ६०० जना विदेशी पर्यटकमध्ये चीनबाट मात्रै १ लाख ६ हजार ५० जना रहेका छन् । यो संख्या सन् २०१८ को सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा चीनबाट १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल आएका थिए ।

पर्यटन बोर्डको तथ्यांकअनुसार, सन् २०१४ देखि २०१८ सम्म ८ वर्षको अवधिमा चीनबाट ५ लाख २० हजार ५०१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसरी हेर्दा वार्षिक औसत १ लाख चिनियाँले नेपाल भ्रमण गर्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)