ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ वाणिज्य बैंक मात्र दर्ता 

Oct 18, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा


काठमाडौं । सामाजिक सुरक्षा कोषमा संस्था सूचीकृत गर्ने अन्तिम दिनसम्ममा २८ ओटा वाणिज्य बैंकमध्ये मात्र सातओटा दर्ता भएका छन् । हालसम्म जनता बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक, मेगा बैंक नेपाल, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र ग्लोबल आईएमई बैंक सूचीकृत भएका छन् । 

कोषमा रहेका नीतिगत अस्पष्टताका कारण अधिकांश बैंक यसमा आबद्ध हुने÷नहुनेमा अभैm अन्योलमै छन् । नेपाल बैंकर्स संघको पछिल्लो बैठकमा समेत यसबारे लामै बहस भएको थियो जहाँ अधिकांश बैंकरले सामाजिक सुरक्षा कोषले श्रमिकका लागि गरेको व्यवस्था अस्पष्ट भएकाले स्पष्ट नभएसम्म नजाने धारणा राखेका थिए । 

कोषमा सरकारी स्वामित्वकै कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक हालसम्म सूचीकृत भएका छैनन् । कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकभित्रै कर्मचारी अवकाश कोष भएको र सोबाटै स्थायी कर्मचारीलाई उपदान लगायत सेवासुविधा दिँदै आएकाले अहिले नै सामाजिक सुरक्षा कोषमा जोडिने वा नजोडिने भन्ने निर्णय भइसकेको छैन । 

सामाजिक सुरक्षा कोषले ६० वर्षपछि उपदानको व्यवस्था गरेको छ तर बैंकको हकमा ५८ वर्षे कार्यकाल लागू हुने व्यवस्था भएकाले उपदान पाउन २ वर्ष कुर्नुपर्ने अव्यावहारिक व्यवस्थाले अन्योलमा परेको बैंकरहरू बताउँछन् ।

साथै कोषको आयकरसम्बन्धी व्यवस्था स्पष्ट नदेखिएको उनको भनाइ छ । ‘सञ्चय कोषबाट आवश्यक परेको खण्डमा विभिन्न कर्जा लिन पाउने सुविधा छ तर सामाजिक सुरक्षा कोषमा यस्तो सुविधा छैन,’ एक बैंकरले भने । ‘त्यस्तै, अस्थायी कर्मचारीको हकमा के गर्ने भन्ने अन्योल छ । नेपाल राष्ट्र बैंकको नियमानुसार कर्मचारीको सपरिवारको बीमा गरिदिने व्यवस्था छ तर कोषमा जोडिँदा कर्मचारीको मात्र बीमा हुन्छ ।’ यस्ता अस्पष्ट व्यवस्थाले गर्दा बैंकरहरू कोषमा आबद्ध हुन अनिच्छुक भएको बैंकरहरूको तर्क छ । 

कोषमा कतिपय व्यवस्था स्पष्ट नभए पनि ढिलो चाँडो जोडिनुपर्ने भएकाले दर्ता गरिएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्शुराम कुँवरको भनाइ छ । ‘दर्ता अवधि सकिने पूर्वसन्ध्यामा नेपाल बैंकर संघले यस विषयलाई उठाउँदा बैंकरहरूले अधिकांश व्यवस्था नबुझिने भएकाले आपूmहरू तत्कालै दर्ता गर्न नसकिएको बताएका थिए । स्पष्ट व्यवस्था भएमा भने दर्ता गरिने उनीहरूको धारणा थियो । संघको कानून समितिले यसबारे छलफल गरिरहेको छ,’ उनले भने । 

मर्जरको प्रक्रिया शुरू गरेको जनता बैंकले यो कोषमा शुरूमै दर्ता गरे पनि ग्लोबल आईएमई बैंकले भने बुधवार (असोज २९) साँझ संस्था दर्ता गरेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

हालसम्म कोषमा दर्ता भएका ८ हजार १४० संस्थामध्ये करीब ३७५ वित्तीय क्षेत्रसँग सम्बद्ध प्रतिष्ठानहरू— वाणिज्य बैंक, वित्त कम्पनी, बीमा कम्पनी, सहकारी संस्था, मर्चेन्ट बैंक लगायत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)