ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ताकमकोतको पुनर्निर्माण सम्पन्न 

Oct 18, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको ऐतिहासिक स्थल ताकमकोतको पुनर्निर्माण सम्पन्न भएको छ । स्थानीयको सक्रियतामा करीब १ करोड रुपैयाँ खर्चेर दशैंअघि मन्दिरसहित अन्य संरचना निर्माण गरिएको हो । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित ताकमकोत तत्कालीन पर्वत राज्य अन्तर्गत सामरिक र पुरातात्त्विक दृष्टिकोणले अत्यन्त महŒवपूर्ण स्थल मानिन्छ । 

ताकमको शिरमा रहेको कोतमा मन्दिरको पुनर्निर्माण र पदमार्ग लगायत व्यवस्थित भएसँगै आन्तरिक तथा धार्मिक पर्यटकको चाप बढेको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । पुनर्निर्माण गरिएपछि १ दशकयताकै धेरै भक्तजनको आगमन भएको उनले जानकारी दिए ।

यहाँ बडादशैं, रामनवमी लगायत चाडपर्वमा नित्य पूजा हुनुका साथै ठूलो मेला लाग्ने गरेको स्थानीय वयोवृद्ध बुद्धिप्रसाद सुवेदीले बताए । जिल्लाका धवलागिरि, मालिका तथा मंगला गाउँपालिका, बेनी नगरपालिका र अन्य जिल्लाबाट समेत मानिसहरू मन्दिर दर्शनका लागि आउने गरेको उनको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकमकोतको पुनर्निर्माणले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । त्यस्तै वडाध्यक्ष कलानिधि शर्माले मन्दिरको प्रचार प्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाउने योजना रहेको जानकारी दिए । समुद्री सतहदेखि २ हजार ६०० मिटर उचाइमा अवस्थित मन्दिरबाट धवलागिरि, गुर्जा, चुरेन, पुथा, नीलगिरि, अन्नपूर्ण लगायतका हिमशृंखला, घना जंगल र ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)