ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सबै नेपालीको बैंक खाता अभियानपछि थपिए साढे ९ लाख बढी खाता

Oct 19, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’अभियानको शुरुवात औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को पहिलो दिन काठमाडौंको राष्ट्रियसभा गृहबाट गर्नुभएको फाइल फोटो ।
author avatar ममता थापा

कात्तिक २, काठमाडौं । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ गत वैशाखदेखि बैंकमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले शुरु भएको अभियानका क्रममा ९ लाख ५६ हजार २५ ओटा खाताको संख्या थपिएको  छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वैशाखदेखी साउनसम्ममा  उक्त संख्या निक्षेप खाताको संख्या थपिएको हो । यसअघि खोलिएका निक्षेप खाताबाहेक बाँकी हरेक नेपालीको बैंकमा पहुँच पुर्‍याउन यो अभियान शुरु गरिएको थियो ।

उक्त खाता थपिएसँगै सो अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको वचत खाताको संख्या २ करोड ७८ लाख ६६ हजार ५०५ निक्षेप खाता खुलेका छन् । 

उक्त खातामध्ये अधिकांशले धेरै बैंकमा खाता खोल्ने गरेकोले दोहोरीएको बैंकरहको भनाइ छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस्तो खाता जनसंख्याको आधारमा गणना गर्दा नमिल्ने र एउटै व्यक्तिको दोहोरो खाता भएको बताए ।

‘अझ बैंकहरूले साढे ३ करोडदेखि ४ करोड ओटा खाता खोल्ने लक्ष्य लिएका छन्,’ उनले भने । यसअभियान अन्तर्गत वित्तिय पहुँच पुर्‍याउन निःशुल्क खाता खोल्ने अभियान अन्र्तगत प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली र सासुआमा धनमाया शाक्यको नेपाल बाणिज्य बैंकमा खाता खोली चेकबुक हस्तान्तरण गरिएको थियो । 

अभियानअन्तर्गत बैंकले खाता खोल्नेहरुलाई रू.१००आफैंले जम्मा गरिदिएको र खाताको लागि ग्राहकहरुलाई कुनै शुल्क नलिएको बैंकरहरू बताउँछन् ।

तामझामका साथ उक्त अभियान शुरु गर्ने क्रममा प्रधानमन्त्री ओलीले बैंकिङ प्रणालीमा भएको आधुनिकिकरणमा आम नेपालीलाई समेट्ने भएकाले थैलीमा नगद होइन कार्ड (डेबिट/ क्रेडिट) राख्न सुझाव दिनुभएको थियो ।

सरकारले यो अभियान शूरु गरेको आधा वर्षकै बिचमा नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले नेपालमा वित्तीय पहुँचको स्थितिबारे एक संक्षिप्त अध्ययन पनि गरेको छ । 

उक्त अध्ययनले दोहोरीएको खातालाई घटाउँदा हालसम्म कुल जनसंख्याको ६० दशमलव ९ प्रतिशतको वित्तीय पहुँच भएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार अध्ययनले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकको रुपमा लिएको छ । 

‘यसका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुलाई हटाएर एक व्यक्ति एक खाता हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या देखिएको छ । 

अध्ययन प्रतिवेदनले नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको निचोड निकालेको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ ।

प्रतिवेदनले खाताको संख्यासँगै मोवाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको देखाएको छ । 

बैंक तथा वित्तिय संस्थाको निक्षेप खाताको अवस्था :

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)