ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको उद्घाटन

Oct 20, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

कात्तिक ३, म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं २, लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतवार उद्घाटन गरिएको छ । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ८५ लाख रुपैयाँ, गाउँपालिकाको ५० लाख रुपैयाँ सहयोग र स्थानीयबासीको २० लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए ।

परियोजना उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आगामी २ वर्षभित्र लुलाङमा केन्द्रिय प्रसारण लाइनको समेत विस्तार हुने बताए । लुलाङ हुँदै जलजला जोड्ने सडकलाई संघीय सरकारबाट यस वर्ष १ करोड रुपैयाँ र गुर्जा जोड्ने सडकलाई प्रदेश सरकारबाट १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई पक्की बनाउने सरकारको योजना रहेको जानकारी गराउँदै उनले लमसुङ माविमा चार कोठे र लुलाङ आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको बताए ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले लघुजलविद्युतको प्रयोग गरेर आयआर्जन र उत्पादनमूलक उद्यम व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सुझाव दिइन् । लुलाङमा बालविवाह न्यूनीकरण र सरसफाई कार्यमा जोड दिनुपर्ने उनको भनाइ थियो । परियोजनामा प्रयोग भएका काठका पोल विस्थापित गराएर फलामका राख्ने उनले बताइन् । प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले यो परियोजना गाउँपालिकाको गौरवको आयोजना भएको बताउँदै यसको दिगो प्रयोग, सुरक्षा र संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

वडा अध्यक्ष गमप्रसाद बिक, सदस्य केशरबहादुर पुर्जा, नेकपाका बलबहादुर बिक र नेपाली कांग्रेसका ज्ञानबहादुर पाइजाले २०७२ सालमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि बन्द भएको परियोजना पुननिर्माण भएपछि लुलाङवासीलाई राहत मिलेको बताए । खबाङको दोभानमा बाँध बनाइएको छ । ७२५ मिटर लामो पाइपलाइन मार्फत ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाइप जडान भएको छ ।

कार्यक्रममा हेलिकोप्टरबाट परियोजनाको जेनेरेटर र टरर्वाइन ढुवानीका लागि सहयोग गर्ने काठमाडौंका कलीराम पुर्जालाई सम्मान गरिएको थियो । यसैगरी सोही कार्यक्रमका बीच श्रीमानले दोस्रो विवाह गरेपछि अलपत्र परेका सुकमाया बिकका छ जना छोरीहरुको पठनपाठनका लागि मोना बहराइनका द्वितीय उपाध्यक्ष भक्तबहादुर सिङ्कीजाको पहलमा संकलित ३१ हजार २५० रुपैयाँ हस्तान्तरण गरिएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)