ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगर बसपार्क क्षेत्रमा सडक अतिक्रमण हटाउन शुरु

Oct 20, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

कात्तिक ३, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बसर्पाक क्षेत्रको राजमार्ग छेउछाउमा सडक अतिक्रम गरी बनाइएका संरचना हटाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले सडक चौडा र नाला निर्माणका लागि आइतवारबाट भीमदत्त नगरपालिका–४ र ६ स्थित बसपार्क पूर्व–पश्चिम राजमार्गखण्डको अतिक्रमण हटाउन शुरु गरेको हो ।

सडक मिचेर बनेका खोकाछाप्रा, जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाउन थालिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए । उनले सकडको केन्द्र भागबाट २५÷२५ मिटर दायाँबायाँ सडकमा निर्माण गरिएका संरचना हटाउन थालिएको बताए । उनका अनुसार स्थानीयलाई हप्ता दिन अघिदेखि नै बारम्बार सकड अतिक्रण गरी बनाईएको संरचना हटाउन निर्देशन दिइएको थियो ।

चिसापानि–गड्डाचौकी सडकखण्ड अन्तर्गत ६ लेन सडक विस्तार गर्ने योजना रहेको डिभिजन प्रमुख बमले बताए । सडक विस्तार अन्तर्गत पहिलो चरणमा ग्राभेलिङ गरिनेछ । पहिलो चरण अन्तर्गत शिवमन्दिरदेखि भाँसी र दोस्रो चरणमा गड्डाचौकीदेखि वेदकोट नगरपालिका–८, सुडाको काँङलापुलसम्म सडक विस्तार गरिने योजना छ ।

भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष हर्कसिंह धामीले नेपाल भ्रमण वर्षलाई लक्षित गरी सडक व्यवस्थित गर्न लागिएको बताए । उनका अनुसार नेपालको पश्चिमी नाकाबाट पनि धेरै पर्यटक नेपाल भित्रिने भएकाले सुन्दर र व्यवस्थित सडक बनाउन जोड दिइएको हो ।

त्यस्तै जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रकास बहादुर केसीले सडक दुर्घटनाको जोखिम बढी रहेका बेला सडक अतिक्रमण हटाउनु आवश्यक भएको बताए । सडकको अतिक्रमण हटाई विस्तार गर्न सकिए सडक दुर्घटना कम हुने उनको भनाइ छ ।

त्यस्तै सडक छेउमा व्यवसाय गरिरहेका व्यवसायीहरुले संरचना भत्काउदा दैनिकी चलाउन समेत समस्या भएको गुनासो गरेका छन् । उनिहरुले व्यवसाय गर्नका लागि आफूहरुको व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)