ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगरमा सडकको अतिक्रमण हटाउन शुरू

Oct 21, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बसपार्क क्षेत्रमा सडकको अतिक्रम हटाउन शुरू गरिएको छ । सडक डिभिजन कार्यालय, महेन्द्रनगरले आइतवारदेखि बसपार्क क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको हो ।

सडक मिचेर बनाइएका छाप्रा, टहराका साथै जथाभावी राखिएका निर्माण सामग्री हटाउन थालिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए । ‘सडकको केन्द्र भागबाट २५÷२५ मिटरभित्र पर्ने संरचना हटाउन थालेका छौं,’ उलने भने । स्थानीयलाई १ हप्ता अघिदेखि नै मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिइएको उनको भनाइ छ । सडक अतिक्रमण हटाउन नगरपालिका पनि सक्रिय बनेको छ ।

जिल्ला ट्राफिक कार्यालय, कञ्चनपुरका प्रमुख प्रकाश बहादुर केसीले सवारी दुर्घटनाको जोखिम बढिरहेका बेला सडक अतिक्रमण हटाउन आवश्यक भएको बताए । सडकको अतिक्रमण हटाएर व्यवस्थित गर्न सकिए यस्ता दुर्घटना कम हुने उनको बुझाइ छ । सडक अतिक्रमण गरी व्यवसाय गरिरहेकाहरूको भने व्यवस्थापन गरिने बताइएको छ । सडक छेउमा व्यवसाय गरिरहेका व्यवसायीले संरचना भत्काउँदा आफूहरूको गुजारा चलाउन समस्या हुने भएकाले उचित व्यवस्थापन हुनुपर्ने बताउँदै आएका थिए ।

चिसापानी–गड्डाचौकी सडक ६ लेनमा विस्तार गर्ने योजना रहेको डिभिजन प्रमुख बमले बताए । शुरूमा सडकको ग्राभेलिङ गरिने उनले जानकारी दिए । पहिलो चरणमा शिवमन्दिरदेखि भाँसी र दोस्रो चरणमा गड्डाचौकीदेखि वेदकोट नगरपालिका–८ सुडाको काँङ्लापुलसम्म विस्तार गर्ने योजना छ ।
भीनपा–६ का वडाध्यक्ष हरक सिंह धामीले नेपाल भ्रमण वर्षलाई लक्षित गरी सडक व्यवस्थित बनाउन लागिएको बताए । ‘नेपालको पश्चिमी नाकाबाट समेत पर्यटक नेपाल भित्रिने भएकाले यहाँको सडक स्तरीय र व्यवस्थित बनाउन जोड दिइएको छ,’ उनले भने । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)