ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पैयुँकोट र चिसापानीको डीपीआर बन्दै

Oct 23, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी


पर्वत । पर्वतको महाशिला गाउँपालिकामा पर्ने ऐतिहासिक पैयुँकोट दरबार र चिसापानी लेकलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । गाउँपालिकाले दुवै क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न डीपीआर बनाउन थालेको छ । पैयुँकोटबाट केबलकार तथा प्याराग्लाइडिङ सञ्चालन, पदमार्ग निर्माण, पैयुँकोट दरबारको जीर्णोद्धार लगायत योजना गाउँपालिकाले अघि सारेको प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए ।

गतवर्ष गाउँपालिकाको हुवास बजारबाट पैयुँकोटसम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न दुवै गाउँपालिकाले बजेट विनियोजन गरेका थिए । समुद्री सतहबाट करीब १ हजार ३०० मिटर उचाइमा रहेको पैयुँकोट धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएर पनि अपेक्षित विकास हुन हुन सकेको छैन ।

पैयुँकोटमा पहिले ‘चारपाला’ भनिने मगरहरूको राज्य रहेको समेत कथन छ । यस्तै १६औं शताब्दीतिर सेन वंशका राजाले शासन शुरू गरेको इतिहास पाइन्छ । पैयुँकोटमा सेन राजाले बनाएको दरबार अहिले भग्नावशेष अवस्थामा छ । युद्धमा प्रयोग गरिएका सामग्री, राजाले प्रयोग गरेको पोखरी र किल्लाहरू यहाँ देख्न सकिन्छ । त्रिवेणीमा पूmलबारी दरबार अहिले पनि छ । यस्तै गर्मी मौसममा राजा पैयुँकोटमा र जाडो मौसममा त्रिवेणीस्थित फूलबारीमा बस्ने गरेको विभिन्न समयमा लेखिएका अभिलेखमा थाहा पाउन सकिन्छ । पैयुँकोट, दरौकोट, बिहादी कोट र पुर्कोट चौबीसे राज्यहरूमध्ये शक्तिशाली मानिन्थे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)