ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय १ महीना थप

Oct 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

कात्तिक ७, काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकरणको लागि एक महीना समय थप भएको छ । अपेक्षा गरेअनुसार रोजगारदाता कम्पनी र श्रमिक सूचीकरण हुन नआएपछि कोषले समय थप गरेको हो । कोषमा सूचीकृत हुने समय असोज मसान्तसम्म तोकिएको थियो । सरकारले २०७६ साउन १ गतेदेखि औपचारिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी सूचीकरणका लागि व्यावसायिक प्रतिष्ठानबाट समय माग भई आएकाले समय थप्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । अझै ठूलो संख्यामा व्यावसायिक प्रतिष्ठान कोषमा सूचीकरण हुन बाँकी रहेको र यो बीचमा दशैं र तिहारजस्ता ठूला चाड परेकाले पनि समय थप गरिएको उनले बताए । उनका अनुसार कोषमा सूचीकरणका लागि ठूला व्यावसायिक प्रतिष्ठानहरूले समय मागेका छन् । ‘सबै श्रमिकको सामाजिक सुरक्षाको  प्रत्याभूति होस् भन्ने सरकारको चाहना हो । यसैअनुसार सबैलाई सूचीकृत हुन सहज होस् भनेर म्याद थप गरिएको हो,’ मन्त्री विष्टले भने ।

हालसम्म कोषमा सुचीकृत भएका रोजगारदाता ८ हजार ८१८ र योगदानकर्ताको संख्या १ लाख ९६८ पुगेको कोषले जानकारी दिएको छ । यस्तै ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

यसैबीच सामाजिक सुरक्षा कोषको लगानी कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिबाट पारित भई स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको कोषले जानकारी दिएको छ । कार्यविधि पारित भएपछि योगदानकर्ता कर्जाअन्तर्गत सामाजिक, शैक्षिक, घरकर्जा, ठूला परियोजनामासमेत लगानी गर्न पाइने कोषले जानकारी दिएको छ । कर्मचारी सञ्चय कोषमा विभिन्न खाले कर्जा सुविधा भएकोले कतिपय रोजगारदाता तथा श्रमिकसमेत सामाजिक सुरक्षा कोषमा भन्दा सञ्चय कोषमै आवद्ध हुन चाहेका थिए । यो कार्यविधि पारित भएमा यसको आकर्षण बढ्ने कोषको धारणा छ ।

कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आस्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । सरकारले कोषमा नआउने रोजगारदाता कम्पनीहरूलाई कारबाही गर्ने बताउँदै आएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)