ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धूलो–धूँवाले इटहरी आक्रान्त

Oct 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । विकासे कामहरू समयमै पूरा हुन नसक्दा इटहरी उपमहानगरपालिकाका स्थानीय बासिन्दा धूलोले आक्रान्त बनेका छन् । विकासका नाममा खन्ने–भत्काउने गरे पनि निर्माण पूरा नहुँदा इटहरीका सडक धुलाम्मे हुने गरेका छन् ।

इटहरीको बढ्दो सवारीसाधनको चाप अनुसार सडक व्यवस्थापन र निर्माण हुन नसक्दा चालक, पैदल यात्री र स्थानीयवासी मर्कामा परेका छन् । निर्माण बीचमै छाडिँदा उड्ने धूलोका कारण आसपासका बासिन्दा मुख छोपेर दिन काट्न बाध्य छन् । अगाडिको बाटो समेत नदेखिनगरी धूलो उड्दा दुर्घटनाको जोखिम समेत बढेको स्थानीय खड्क श्रेष्ठले बताए ।

इटहरीमा अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडक विस्तार हुँदै छ । अतिक्रमण गरी बनेका घरटहरा भत्काएर सडक चौडा गर्ने योजना अघि बढेको छ । तर योजना अनुसार समयमै निर्माण नसकिँदा यहाँका बासिन्दाको दिनचर्या कष्टकर बनेको छ ।

उपमहानगरपालिकाले इटहरीलाई ‘हरित शहर’ बनाउने घोषणा गरेको छ । तर योजना अनुसार काम अघि बढाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयको आरोप छ । धेरै ठूलो बजेटमा काम अघि बढे पनि व्यवस्थापन नभएको उनीहरूले गुनासो गरेका छन् । भत्काइएका सडकको धूलोले नगरवासीमा स्वास्थ्यको समस्या समेत देखिन थालेको श्रेष्ठले बताए । 

इटहरी धूलो–धूँवाको समस्या बढ्नुमा ६ लेन सडक विस्तारको काम रोकिनु मुख्य कारण रहेको इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनीयर अर्जुन दाहालले बताए । सडक विस्तार गर्ने क्रममा बजार क्षेत्रमा सीमाकंनमा विवाद भएपछि उक्त काम रोकिएको छ । यद्यपि उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्ने र दैनिकजसो पानी हालेर धूलो न्यूनीकरणको प्रयास गर्दै आएको उनको भनाइ छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)