ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण वर्ष लक्षित आकर्षक प्याकेजको तयारीमा हान

Oct 31, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.


काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० शुरू हुन २ महीना बाँकी रहँदा होटेल एशोसिएशन नेपाल (हान) नेपाल भित्रने पर्यटकलाई लक्षित गर्दै सहुलियत प्याकेज ल्याउने तयारीमा छ । भ्रमण वर्ष नजिकिँदै गर्दा हानले आफ्ना सदस्य होटेलहरूले यस्तो छूट सेवा दिनुपर्ने गरी प्याकेजको घोषणा गर्दै छ । हानअन्तर्गत ५ तारेदेखि पर्यटकीय स्तरका गरी २ हजार सदस्य होटेल आबद्ध छन् ।

यी होटेलले हानले घोषणा गरेका प्याकेजअनुसार विदेशी पर्यटकलाई मात्रै यस्तो सुविधा/सेवा उपलब्ध गराउनेछन् । हानका अनुसार प्रस्तावित प्याकेजमा रूम ट्यारिफ (कोठा शुल्क) ३० प्रतिशत र खाना तथा फूड वेभरेजमा १५ प्रतिशत छूटको योजना छ  । 

हानकी अध्यक्ष सृजना राणाले भ्रमण वर्ष लक्षित गरी हानले प्याकेजको घोषणा गर्न लागिएको जानकारी दिइन् । पाँचतारे होटेल अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक
समेत रहेकी राणाले भ्रमण वर्ष सफल बनाउन हस्पिटालिटी क्षेत्रको मुख्य भूमिका हुने भन्दै भनिन्, ‘यस अभियानलाई सफल बनाउन पर्यटक आकर्षित/सहुलियत सेवा दिन आवश्यक हुन्छ, यसमा होटेल क्षेत्र सचेत र सक्रिय छ ।’ 

नेपालको पर्यटन व्यवसायका लागि भ्रमण वर्ष ठूलो अवसर रहेको भन्दै उनले यसका लागि निजीक्षेत्र तयार रहेको बताइन् । भ्रमण वर्ष नजिकिँदै गर्दा होटेल क्षेत्रले पनि आफ्ना कर्मचारीहरूलाई पर्यटकको आतिथ्य–सत्कार सेवा दिन थप तालीम दिनुपर्ने राणाको सुझाव छ । ‘नेपालको होटेल क्षेत्रले दिने सेवा उत्कृष्ट छ, भम्रण वर्षलाई थप गुणस्तरीय र आकर्षित बनाउन पनि अझ मिहिनेतको जरुरी छ ।’ राणाले भनिन्, ‘यसबाहेक सडक पूर्वाधार, कनेक्टिभिटीका साथै हवाई पूर्वाधार सुधार गर्न अब ढिलाइ गर्नु हुँदैन ।’

यस्तै हानका पूर्वअध्यक्ष तथा होटेल व्यवसायी अमरमान शाक्यले हस्पिटालिटी क्षेत्र आन्तरिक तथा विदेशी पर्यटकका लागि सेवा÷सुविधा दिन तयार रहेको बताए । तर, त्यसका लागि पर्यटन प्रवर्द्धनका अन्य महत्त्वपूर्ण क्षेत्र पूर्वाधारका साथै प्रचारप्रसारको अवस्था भने सन्तोषजनक नभएको शाक्यले टिप्पणी गरे । ‘अहिले नेपालभर खुलेका होटेलहरू २० लाख होइन, २५ लाख पर्यटकलार्ई सेवा दिन सक्षम छन्,’ उनले भने, ‘सडक पूर्वाधारका साथसाथै अन्य पूर्वाधारको तयारी निकै कमजोर छ ।’

पर्यटकका लागि अक्टोबर महीना उपयुक्त सिजन मानिए पनि अहिले पर्यटक आगमनमा केही कमी आएको उनको भनाइ छ । भ्रमण वर्ष भनेरमात्रै नहुने भन्दै शाक्यले २÷४ ओटा होटेल बुक हुँदैमा राम्रो मान्न नसकिने तर्क गर्दै भने, ‘होटेल उद्योग सबैभन्दा बढी लगानी भएको क्षेत्र हो ।’

हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल आउने पर्यटक प्रवद्र्धन गर्ने र भ्रमण वर्षको अवसरमा केही प्रतिशत छूट दिनु होटेल व्यवसायीहरूको उत्तरदायिŒव भएको उनले बताए । उनले भने, ‘तत्कालका लागि यो प्याकेज विदेशी पर्यटकका लागि मात्रै लक्षित गरिएको छ । अहिले हान होटेल व्यवसायीहरूले कसरी सहुलियत दरमा गुणस्तरीय सेवा दिनसक्छ भन्ने विषयमा छलफलमा रहेकाले आन्तरिक पर्यटकलाई पनि लक्षित गरेर केही छूट योजना ल्याउन सकिन्छ ।’ 

२० लाख पर्यटक भिœयाउने लक्ष्य राखेर सरकारले यो भ्रमण वर्ष घोषणा गरिसकेको छ । गुणस्तरीय सडक तथा पर्याप्त मात्रामा हवाई पूर्वाधार नहुनु अहिले पर्यटन व्यवसायीहरूको टाउको दुखाइको विषय बनेको छ । ३ घण्टा लाग्ने बाटोमा अहिले १२ घण्टासम्ममा पनि पुग्न सकिने अवस्था नभएको उनीहरू बताउँछन् । हानका अनुसार अहिले मुलुकभर ठूला पाँचतारे स्तरदेखि साना, मझौलादेखि होमस्टेसम्मको संख्या झन्डै १० हजार रहेको छ । पर्यटन विभागका अनुसार हाल मुलुकभर पाँचतारे होटलको संख्या १५ पुगेको छ । 

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७५/७६ वार्षिक प्रगति प्रतिवेदनअनुसार २०७५/७६ मा नेपालमा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमण आएका छन् भने प्रतिपर्यटक प्रतिदिन खर्च ४४ अमेरिकी डलर रहेको छ, जबकि २०७४/७५ मा यस्तो खर्च प्रतिदिन ५४ अमेरिकी डलर रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)