ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फुटपाथ व्यवसाय हटाउन पोखरा महानगरको सातदिने अल्टिमेटम

Nov 4, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखराका मुख्य बजार क्षेत्रमा व्यवसायीहरूले फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्न थालेपछि पोखरा महानगरले तत्काल फुटपाथ हटाउन चेतावनी दिएको छ । महानगरले व्यवसाय हटाउन एक हप्ताको समयसीमा दिएको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, न्यूरोड, पृथ्वीचोक, बिरौटा लगायतका ठाउँहरूमा व्यापारीहरूले फुटपाथ अतिक्रमण गरी सडकपेटीमै व्यवसाय गर्न थालेपछि महानगरले हटाउने अभियान थालेको जानकारी दिएको छ । पहिलो चरणमा महेन्द्रपुलमा फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेलाई सामग्री हटाउन अल्टिमेटसहितको पत्र दिइएको महानगरपालिकाले बताएको छ ।

फुटपाथ अतिक्रण गरी सामान राख्ने र केही ठाउँमा एउटा पसलको अगाडि पेटीमा अर्को पसल थापेको भेटिएपछि महानगरले हटाउन आग्रह गर्दै पत्राचार गरिएको महानगरपालिका निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले बताए । उनका अनुसार महानगरको निर्देशन अटेरी गरे रू. ५ हजारदेखि ५० हजारसम्म जरीवानासहित कारबाही गरिने छ । सामान हटाउनका लागि पत्र दिन संयोजक थापाको नेतृत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि खटिएका छन् ।

पोखरा प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा गत कात्तिक ७ गते बसेको बैठकले फुटपाथ अतिक्रमण गरेर राखिएका सामग्री हटाउने निर्णय गरेको थियो । बैठकले पृथ्वीचोकस्थित सस्तो बजार अगाडि माइक्रो स्टेसनलाई हटाई फुटपाथ खाली गराउने निर्णय पनि गरेको छ । त्यसैगरी चिप्लेढुंगाको चौतारी अगाडि कुनै पनि कार्यक्रम गर्न नदिने र कसैले कार्यक्रम गरेमा कारबाही गर्ने निर्णय समेत गरेको प्रमुख जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, महानगरका निमित्त प्रमुख प्रकाशकीय अधिकृत गंगालाल सुवेदी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्र, महानगरका इन्जिनियर सुरेन्द्र पौडेल लगायतको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)