ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यमोदी जलविद्युत्को सुरुङ निर्माण

Nov 7, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी


पर्वत । पर्वतमा निर्माणाधीन १५ मेगावट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खनेर सकिएको छ । मध्यमोदी जलविद्युत् आयोजनाका जनसम्पर्क प्रमुख अशोक आचार्यले २ हजार ६९४ मिटर लामो सुरुङ निर्माण भएको जानकारी दिए । 
 
‘झण्डै ५ वर्षमा सुरुङ निर्माण भयो,’ उनले भने । २०७१ सालदेखि आयोजनाको सुरुङ खन्न शुरू भएको थियो । आयोजनाले सुरुङ निर्माणको क्रममा पटक–पटक स्थानीयको अवरोध खेप्दै आएको थियो । चौधरी ग्रूपले उक्त आयोजना निर्माण गरिरहेको छ । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको आयोजना पक्षले जानकारी दिएको छ । 
 
आयोजनाको हेडबक्र्सको अधिकांश काम सकिएको छ । पावर हाउस निर्माणको काम पनि यसै सातादेखि शुरू भएको छ । पावरहाउस खनिएको स्थानमा पानी भरिएका कारण बर्खाभरि काम अवरुद्ध रहेको थियो । पानीको बहाव खोलामा घटेपछि सोमबारदेखि एक्स्क्याभेटर लगाएर पावरहाउसको काम पुनः शुरू भएको आचार्यले जानकारी दिए । 

झण्डै रू. २ अर्ब ८० करोडको लागतमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको निर्माण २०७७ सालसम्म गरिसक्ने सम्झौता रहेको छ । निर्धारित मितिमा काम सक्न धमाधम काम गरिरहेको आयोजना पक्षले जानकारी दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा बाँध रहने आयोजनाको पावरहाउस पर्वतको मोदी गाउँपालिका–२, देउपुरमा रहनेछ । निर्माणकार्य शुरू भएपछि भूकम्प, भारतीय नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण आयोजनाले अवरोध खेप्दै आएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)