ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एटीएम ह्याक प्रकरण : चिनियाँ ह्याकरलाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश

ह्याकिङमा संलग्न तीन नेपाली धरौटीमा रिहा गर्ने आदेश

Nov 8, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । गत भदौ १४ गते एटीएम प्रणाली ह्याक गरी नेपालका केही एटीएमबाट करोडौं रकम चोरी गर्ने ६ जना चिनियाँ ह्याक ह्याकरलाई उच्च अदालत पाटनले बिहीवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको वाणिज्य इजलाशले पक्राउ परेका चिनियाँ ह्याकरसँगै पक्राउ परेका तीन जना नेपालीलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ । ह्याकिङ प्रकरणमा संलग्नमध्ये देवनाथ लामिछानेसँग ३० लाख रुपैयाँ र रेवती दवाडी तथा रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, धरौटी तिर्न नसक्दा उनीहरू थुनामै रहेको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए ।

‘नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणाली बाइपास गरी करोडौं रुपैयाँ झिकेका चिनियाँ आपराधिक समूहका लिन जियानमेङ, लुओ जियालेइ, सु लुसिङ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिनका बारेमा प्रहरीका तर्पmबाट सबै प्रक्रिया पूरा भएकाले अब अदालतको आदेशअनुसार कारबाही हुन्छ,’ उनले भने । यसअघि, महानगरीय प्रहरी परिसर टेकुले एटीएम ह्याकिङ प्रकरणको अनुसन्धानको प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको थियो । उक्त कार्यालयले प्रतिवेदन उच्च अदालत पाटनमा बुझाएपछि यस्तो आदेश आएको हो ।
 चिनियाँ ह्याकरहरूको समूहले भदौ १६ गते काठमाडौंका एटीएमबाट १ करोड ७६ लाख रुपैयाँ झिकेका थिए । सोही दिन भारतबाट पनि थप रू. १ करोड ६८ लाख रुपैयाँ झिकेको तथ्यांक भिषा कार्डले राष्ट्र बैंकलाई पठाएको थियो । प्रहरीले गरेको अनुसन्धानको क्रममा उनीहरूले नविल बैंकको एटीएमबाट मात्रै १ करोड १४ लाख रुपैयाँ झिकेको पाइएको थियो । महानगरीय परिसरले भने ह्याकरबाट १ करोड २६ लाख रुपैयाँ बरामद गरेको थियो । यसका साथै ९ हजार १ सय ८ अमेरिकी डलरसमेत बरामद गरिएको प्रहरीले बताएको थियो ।

१७ ओटा बैंकलाई आफ्नो सञ्जालमार्पmत सेवा प्रदान गरिरहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)का प्रमुख कार्यकारी अधिकृत प्रवीण क्षेत्रीले उक्त ह्याकिङको घटनापछि सिंगापुरको भेरीजोन कम्पनीले फरेन्सिक अनुसन्धान गरिरहेको बताए । उक्त अनुसन्धानको प्रतिवेदन मङ्सिर दोस्रो सातातिर तयार गर्ने भनिए तापनि प्रतिवेदन आउन अभैm केही समय लाग्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)