पर्वत । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानका विश्वविक्रम श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्र्र्किएर गाउँमै कुखुरापालन शुरू गरेका छन् । गाउँमै स्वरोजगार उद्यमी बन्ने सोचले व्यावसायिक कुखुरापालन थालेका हुन् । १५ लाख रुपैयाँ लगानीमा आपूmले यो व्यवसाय शुरू गरेको उनले बताए । पोल्ट्रीबाट राम्रो मुनाफा लिन सकिने देखेपछि यस क्षेत्रमा हात हालेको श्रेष्ठको भनाइ छ । आप्mनो फार्ममा अहिले १ हजार लोकल कुखुरा रहेको उनले बताए । ‘विकसित जातको तुलनामा लोकल कुखुराबाट राम्रो आम्दानी हुने थाहा पाएँ,’ उनले भने, ‘व्यवसाय थालेको एक वर्षको अवधिमा राम्रै आम्दानी हुने संकेत मिलेको छ ।’
जिल्लामा ब्रोइलर र लेयर्स जातका कुखुरापालन गर्ने व्यवसायी बढ्दै गएका छन् । यससँगै स्थानीय जातका कुखुरा गाउँघरमा हराउन थालेका छन् । प्रतिस्पर्धाको हिसाबले समेत उपयुक्त भएपछि आपूmले लोकल कुखुरा पाल्ने निर्णय गरेको श्रेष्ठले बताए । जिल्लामै आप्mनो बाहेक अन्यत्र स्थानीय कुखुराको व्यावसायिक फार्म नभएको दाबी समेत उनले गरे । ‘गाउँघरमा एक–दुईओटा किन्न पाइन्छ,’ उनले भने, ‘तर धेरै परिमाणमा चाहिनेले यहीँबाट लैजाने गरेका छन् ।’ श्रेष्ठले दाङको देउखुरीबाट कुखुराका चल्ला ल्याएर व्यवसाय शुरू गरेका हुन् । उनले व्यवसायको विविधीकरण समेत गर्दै लगेका छन् । कुखुरापालनसँगै उनले तरकारीको टनेल र होटल समेत थपेका छन् । गाउँमै परिश्रम गर्न सके पैसा कमाउनकै लागि विदेश जानु नपर्ने उनको अनुभव छ । रोजगारीका लागि विदेश जानुभन्दा सानोतिनो भए पनि स्वरोजगार हुने खालको काम आप्mनै गाउँ–ठाउँमा गर्न उनले अन्य युवालाई सुझाउँदै आएका छन् ।
कुश्मा–हुवास सडक खण्डको छेउमै फार्म सञ्चालन गरेका श्रेष्ठले कुखुरा विक्रीका लागि बजारको अभाव नभएको सुनाए । ‘बाटो नजिकै भएकाले यात्रुहरूले नै किनेर लैजान्छन्,’ उनले भने, ‘अहिलेसम्म बजार खोज्दै हिँड्नुपरेको छैन ।’ यो व्यवसायबाट १ वर्षको अवधिमा सबै खर्च कटाएर आपूmले डेढ लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । कुखुराको दानाका लागि उनले स्थानीयस्तरमै पाइने कोदो, मकै, धान लगायत अनाज जुटाउने गरेका छन् । यसले लागत घटाउन टेवा पुगेको उनको भनाइ छ । आपूmले उत्साहका साथ यो व्यवसायमा लगानी गरे पनि सम्बन्धित निकायबाट भने कुनै सहयोग नपाएको गुनासो उनले गरेका छन् ।