ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८०० सवारी साधन थप्दै ट्राभल कम्पनी, पर्यटन व्यवसायी

Nov 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० नजिकिएसँगै टुरिष्ट बस सञ्चालक तथा ट्राभल कम्पनीहरू सवारी साधन थप्न सक्रिय हुनथालेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै टूर्स एण्ड ट्राभल कम्पनी तथा होटलहरूले पर्यटकीय सवारी साधनमा लगानी थप्दैछन् । ट्राभल कम्पनी र होटेलसमेत गरी १५० ओटा कम्पनीले साना–ठूला गरी ८०० ओटा नयाँ सवारी साधन भित्र्याउने तयारी गरेका छन् । 

साना सवारी साधन खरीद गर्दा रू. ४० लाख र ठूला बसहरू खरीदमा रू. १ करोडभन्दा बढी लगानी हुने बताउँदै नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले यी सवारी साधन किन्न बढीमा ८ अर्ब रुपैयाँ लगानी हुने जानकारी दिए । उनका अनुसार संघमा आबद्ध कम्पनीहरूले ५ देखि ७ ओटासम्म सवारी साधन भित्र्याउने तयारी गरेका छन् ।

संघका अनुसार हाल मुलुकभर विभिन्न ट्राभल कम्पनी, पर्यटन व्यवसायी, होटलका गरी ५ हजार २०० भन्दा बढी पर्यटक सवारी साधन सञ्चालनमा छन् । 
शर्माले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले भ्रमण वर्ष घोषणा गरे पनि सडक सुधारमा पर्याप्त काम नगरेको बताए । ‘पर्यटक यातायातमा संलग्न व्यवसायीहरूलाई सरकारले कुनै सहुलियत दिएको छैन । इन्धनमा पाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) मिनाहाको सुविधा पनि अहिले सरकारले खारेज गरिदिएको छ । इन्धनमा तिर्दै आएको १३ प्रतिशत भ्याट मिनाहाको व्यवस्था गर्नुपर्छ,’ उनले बताए ।  

भारतीय सवारी साधन न्यून भन्सार शुल्क तिरेर नेपालमा निर्बाध रूपमा पर्यटक घुमाउने क्रमलाई रोक्न सरकारले कडाइ गर्नुपर्ने संघको माग छ । नेपाली पर्यटन यातायात व्यवसायीले सरकारलाई विभिन्न कर तिरिरहेको तर भारतीय पर्यटक बसहरू नेपाल भित्रिन कडाइ नगर्दा नेपाली थप मर्कामा परेको संघको 
भनाइ छ । 

भ्रमण वर्ष घोषणा गरे पनि सरकारले सोहीअनुसारको पूर्वाधारमा सुधार नगरेको संघको गुनासो छ । काठमाडौंबाट बाहिरिने प्रमुख नाका नागढुंगा सडक, प्रमुख पर्यटकीय स्थल नगरकोट जाने भक्तपुरको सडक मर्मतसम्भारसमेत गर्न सरकार अग्रसर नहुँदा दुर्घटनाको जोखीम रहेको व्यवसायीहरूले बताए । 

सडक मर्मत सम्भारमा अझै पनि ढिलाइ नभएको भन्दै उनीहरूले प्रमुख गन्तव्यसम्म भए पनि कम्तीमा कालोपत्रे सडक निर्माण गर्न आग्रह गरेका छन् ।
भ्रमण वर्ष घोषणाले पर्यटक यातायात व्यवसायीहरूलाई उत्साहित बनाएको बताउँदै स्पार्क टूर्स एण्ड ट्राभल्स् कम्पनीका अध्यक्ष रोशन घिमिरेले भ्रमण वर्षलाई लक्षित गरी सवारी चालकलाई तालीम दिने, सवारी साधनमा नेपालका गन्तव्यहरूको स्टीकर टाँस्ने लगायतका कामको तयारी भएको जानकारी दिए ।

पर्यटक जति बढी आयो, व्यवसाय उत्तिनै फस्टाउने भन्दै घिमिरेले भने, ‘सरकारले यति ठूलो कार्यक्रम घोषणा गर्दा पनि टूर्स एण्ड ट्राभल कम्पनीहरूलाई कुनै सहुलियत तथा सुविधा दिनेतर्फ ध्यान दिएको छैन ।’ प्रमुख ऐतिहासिक पर्यटकीय गन्तव्यहरू काठमाडौं, ललितपुर र भक्तपुरमा समेत पर्यटक यातायात पार्किङ गर्ने स्थान समेत नभएको अवस्थामा पर्यटकलाई गुणस्तरीय सेवा दिन समस्या हुने उनको भनाइ छ । सरकारले पर्यटकीय बसका लागि छुट्टै स्थान अथवा सार्वजनिक बसपार्कहरूमा केही सीमित स्थानको व्यवस्था मिलाइदिन पनि संघको माग छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)