ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रूप ज्योति पक्राउ प्रकरण : निजीक्षेत्रको आपत्ति

नेपाल चेम्बरले गर्‍यो विरोध

Nov 10, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । ज्योति समूहका उपाध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री रूप ज्योति पक्राउलाई लिएर निजीक्षेत्रका व्यावसायिक संगठनहरूले आपत्ति  व्यक्त गरेका छन् । अपराध नै प्रमाणित नभई मात्र उजुरीको भरमा यसरी पक्राउ गर्न नहुने भन्दै नेपाल चेम्बर अफ कमर्शले आधिकारिक रूपमै यसको विरोध गरेको छ । 

मुलुकको औद्योगिक क्षेत्रमा ठूलो लगानी गरेर नियमित रूपमा राजस्वमा योगदान गरिरहेका उद्यमीलाई अमर्यादित व्यवहार गर्दा निजीक्षेत्र मर्माहित भएको चेम्बरको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघले आफ्नो आधिकारिक धारणा बाहिर नल्याइसके पनि यी दुई संस्थासँग आबद्ध व्यवसायीहरू पनि ज्योति पक्राउ गर्ने प्रहरीको कदमसँग असन्तुष्ट रहेका छन् । 

महासंघले भने यस घटनाबारे आज (आइतवार) आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि आज बिहान महासंघको कार्यसमितिको बैठक बोलाइएको छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, ‘यस घटनाप्रति महासंघको आधिकारिक धारणा आइतवार सार्वजनिक गर्नेछौं । मेरो व्यक्तिगत रूपमा भन्नु पर्दा, कुनै एउटा व्यक्तिले गरेको अपराधमा सबैलाई पक्राउ गर्नु न्यायोचित होइन । यस घटनाले नेपालमा निजीक्षेत्रको सम्मान नभएको प्रमाणित गरेको छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले पनि यस विषयप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो कानूनी प्रक्रियाको कुरा हो । तर, रूप ज्योतिमाथि अन्याय भएकोजस्तो लाग्छ,’ उनले भने, ‘कानूनी प्रक्रियामा नै आवश्यक सुधार गर्न आवश्यक छ ।’

महानगरीय प्रहरी परिसर टेकुले ज्योति सिंगापुरबाट फर्कने क्रममा उनकी छोरी सुरुचिसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहीवार साँझ पक्राउ गरेको थियो । प्रहरीका अनुसार छोरी सुरुचिलाई पनि अदालतकै आदेशअनुसार पक्राउ गरिएको हो ।

यसैबीच जिल्ला अदालत काठमाडौंले शुक्रवार उनीहरूलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिइसकेको छ । प्रहरीले भने अनुसन्धान गर्नका लागि ७ दिनको समय मागेको थियो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘हामीले अनुसन्धान गर्नका लागि अदालतबाट ३ दिनको समय पाएका छौं । अहिले आवश्यक बयान लिने लगायतका कामहरू भइरहेका छन् ।’

जग्गा कारोबारमार्फत रू. १ करोड ३६ लाख ७५ हजार ठगी गरेको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले २०७५ मङ्सिर १६ गते उनीहरूविरूद्ध  प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा जिल्ला अदालत काठमाडौंले गत मङ्सिरमा नै उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसविरुद्ध ज्योतिले २०७५ मङ्सिरमा नै सर्वोच्चमा रीट दिएका थिए । तर, गत बुधवार सर्वोच्चले उनको विपक्षमा फैसला सुनाउँदै पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

मल्लले ज्योतिसहित १० जना विरूद्ध जाहेरी दिएका थिए । तर, प्रहरीले उनीहरू दुई जनालाई मात्र पक्राउ गरेको छ । प्रवक्ता बोगटीका अनुसार अन्य आरोपीको पनि खोजी भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [4]
User Image

प्रकाश मान श्रेष्ठ

[Nov 14, 2019 10:45am]

यो प्रतिशोधको कारण हो भन्ने ठान्दछु । चन्दा नदिएको कारण वा राजाको पालामा मन्त्री भएको नाताले अथवा स्थानीय धर्म उद्यम लाई अपमानित गर्ने कुत्सित प्रयास हो जस्तो लाग्दछ । सरकारको हिम्मत भए रूपज्योती सहायकमन्त्री भएको बेलाा उसले गरेका कार्यको खुला मन्थन गरोस् । अनि थाहा पाउने छ, अर्थमन्त्री कस्तो हुनुपर्ने रहेछ । हिम्मत छ? ... प्र.मंं ओलीज्यू यस्ता जनता भडकाउने कृत्यको अन्तिम जिम्मेवारी तपाइमा रहेको छ । कालचक्रको न्याय बाट कोहि बाहिर छैन । कृपया आसेपासे र स्वार्थी घेराबाट निस्कनुसप । अझै मौका छ ।


User Image

Maniraj Satyal

[Nov 14, 2019 10:22am]

जाँदा जाँदै , सजिलैसँग सरकार बाट काम गराउन सकिन्छ भन्ने सानो सजिलोका लागी बाह्रबुँदे को स्वागत गर्ने उद्योगपतिहरु को चेत खुलेको हुनुपर्छ ,,,,,,अब बल्ल राजसंस्था को महत्त्व बुझेको हुनुपर्छ ,,,,बुझ्ने लाई इसारा काफी,,,,,, त्यसैले हामीले भनेको हो राजा अाउ देश बचाउ ! चेतना भया !!!


User Image

Bipin Sthapit

[Nov 11, 2019 05:33pm]

कुरो बुजेर मात्र बोल्नु लेख्नु उपयुक्त होला। केश के हो पहिला भुज्नु पर्यो राम्ररी,कानून अदालत सबुत को आधारमा चल्छ।हो खर्वपति रुप ज्योतिलाई २/४ करोड २/४ रुपैया बराबर होला तर यो केशमा बिगेंद्र कृष्ण मल्ल लाई जग्गा दिन्छु भनि गरिएको सम्झौता बिपरित २/४ करोडको लोभमा परि उक्त जग्गा आफ्नो छोरा नातिको नाममा राख्नाले भएको हो । बिगेंद्र कृष्ण ले न्याए पाउनु पर्छ।पैसा भएको मान्छे भन्दैमा सधै दुधले नुहाएको हुदैन। पावोर र पैसा भएको ठुलो बडा भन्दैमा न्याए कानून मिच्ने अधिकार कसै लाई हुदैन।


User Image

विकास कुमार श्रेष्ठ

[Nov 10, 2019 10:57pm]

अपराध नै पुष्टि नभई उजुरी दिएकाे आधारमा देशका उच्च प्रतिस्थित व्यक्तिहरूलाई बिना पूर्व सूचना विदेशबाट स्वदेश फर्कंदै गरेकाे बखत छाेरी सहित विमानस्थलबाटै पक्राउ गरी हिरासतमा राखिएकाे खबरले हामी मर्माहत भएका छाैं। निष्पक्ष छानबिन हाेस् र दाेषीले कुनै पनि हालतमा उन्मुक्ति नपओस्, यही कामना गर्न चाहन्छु। केश उत्थान भइसके पश्चात् सार्थक अन्त्य नभएसम्मका लागि उजुरीकर्ताकाे पनि हरेक गतिविधिमा प्रहरी प्रशासनकाे गाेप्य तर गिद्धे नजर हुनु अत्यन्त आवश्यक छ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)