ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. १६ करोडमा फुटबल मैदान बनाइँदै 

Nov 13, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाले रू. १६ करोडको लागतमा फुटबल मैदान निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । महानगरपालिका–२० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य भौतिक पूर्वाधार निर्माण गर्न डीपीआर तयार गरिएको हो । 
 
महानगरले ५ वर्षभित्रमा पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउन लागेको छ । महानगरले चालू आर्थिक वर्षमा अल्टिच्युड फुटबल मैदानका लागि ५० लाख रुपैयाँ छुट्याएको छ । ‘खेलमैदान बनाउने उद्देश्यले महानगरले चालू आवमा बजेट समेत विनियोजन गरेपछि डीपीआर तयार गरिएको हो,’ महानगरका इन्जिनीयर राजु रेग्मीले भने ।

महानगरले मौजामा फुटबल मैदान बनाउन गत आवमा साढे ८ लाख रुपैयाँ खर्च गरेको थियो । सो रकम भिरालो जमीन सम्याउन खर्च गरिएको थियो । फुटबल मैदानमा प्याराफिट समेत निर्माण हुने रेग्मीले बताए । ‘बास्केटबल र भलिबल कोर्ट समेत बनाइनेछ,’ उनले भने ।

झण्डै ५६ रोपनीमा खेलकुदका भौतिक पूर्वाधार निर्माण गरिनेछ । त्यस ठाउँमा पार्किङको समेत व्यवस्था गरिने महानगरले जानकारी दिएको छ । पोखरा–२०, मौजाका वडाध्यक्ष सीम गुरुङले दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तरराष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन स्थानीय समेत लागिपरेको बताए । फुटबल मैदान निर्माण भएपछि राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न र यसले पर्यटन प्रवद्र्धनमा सघाउने उनको विश्वास छ । 

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसैअनुरूप गाउँगाउँमा खेलकुदको पुर्वाधार धमाधम बन्दै गएका छन् । पोखरा महानगरभित्र ५ ओटा फुटबल मैदान छन् । एउटा अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी छ । पोखरा रंगशालाभित्र दुईओटा मैदान छन् । सरकारकै रू. १ अर्ब २८ करोडको लागतमा २० हजार दर्शक क्षमताको प्याराफिटसहितको मैदान निर्माण हुँदै छ ।

त्यसैगरी भण्डारढिकमा फुटबल मैदान निर्माण भइसकेको छ । लामाचौरमा राष्ट्रिय खेलकुद परिषद् तथा स्थानीयको सक्रियता र आर्थिक सहयोगमा गोस्ते खेल मैदान (फुटबल मैदान) बनाइएको छ । हेमजामा गौरीशंकर खेल मैदान समेत गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)