ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुनर्बीमा कम्पनीमा एक महीनाभित्रै नयाँ सीईओ

सीईओका लागि ६ जना प्रतिस्पर्धामा

Nov 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल री) ले अबको एक महीनाभित्रै नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउने पक्का भएको छ । छनोट समितिले प्राप्त आवेदनबाट उम्मेदवार छनोट गरेर सञ्चालक समितिलाई सिफारिश गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ, जसअनुसार कम्पनीले अब चाँडै नयाँ सीईओ पाउने पक्का भएको हो । 

कम्पनीले सीईओ छनोटका लागि अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । समितिको सदस्यमा इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य र नेपाल रीका सञ्चालक रमेश राणा छन् । कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले भने, ‘छनोट समितिले ३ हप्ताभित्र सीईओका लागि ३ जनाको नाम सिफारिश गर्ने बताएको छ । त्यसलगत्तै हामीले कुनै एक जनालाई उक्त पदमा नियुक्त गर्नेछौं ।’ अबको एक महीनाभित्र नयाँ सीईओको पदभार दिने गरी काम भइरहेको उनको भनाइ छ ।

कम्पनीका अनुसार सो पदका लागि ६ जनाले आवेदन दिएका छन् । उक्त आवेदनबाट छनोट समितिले ३ जनाको नाम कम्पनीको सञ्चालक समितिलाई सिफारिश गर्नेछ । त्यसपछि सञ्चालक समितिले ती मध्येबाट कुनै एक जनालाई सीईओ नियुक्त गर्न सक्नेछ । निवर्तमान सीईओ चिरायु भण्डारीको कार्यकाल सकिएपछि गत साउनदेखि यो पद रिक्त थियो । त्यसपछि कम्पनीले गत असोज १७ गते सीईओ पदका लगि आवेदन खुलाएको थियो ।

सीईओको लागि आवेदन दिनेमा निवर्तमान सीईओ चिरायु भण्डारी पनि छन् । यसैगरी युनाइटेड इन्स्योरेन्स कम्पनीका निवर्तमान सीईओ शेखर बरालले उक्त पदका लागि आवेदन दिएका छन् । भण्डारी र शेखर पहिलेदेखि नै बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् ।  

यस्तै, सीईओको प्रतिस्पर्धामा उत्रिएका शंकर रायमाझी, शेषनारायण आचार्य, अशोक पौडेल र ज्ञानेश्वर आचार्य भने बैंकिङ क्षेत्रबाट आएका हुन् । रायमाझी राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी हुन् । यसैगरी शेषनारायण आचार्य कृषि विकास बैंक र ज्ञानेश्वर आचार्य नबिल बैंकका पूर्वकर्मचारी हुन् । अर्का आवेदक अशोक पौडेलसँग भने नेपाल राष्ट्र बैंकको निर्देशक भएर काम गरेको अनुभव छ । हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा पौडेलले उनको सचिवालयमा पनि काम गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)