ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रह्मदेव लिंक रोड : कालोेपत्रको काम शुरू

Nov 14, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । महेन्द्रनगरदेखि भारतीय सीमावर्ती बजार टनकपुर जोड्ने ‘ब्रह्मदेव लिंक रोड’मा दोस्रो चरणको कालोपत्र गर्ने काम शुरू गरिएको छ । गत जेठ महीनादेखि पहिलो चरणको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उक्त सडकको दोस्रो चरणको कालोपत्र गर्न थालिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१, भासीदेखि टनकपुर–ब्रह्मदेव बजारसम्म साढे १२ किलोमिटर सडक कालोपत्रको काम शुरू गरिएको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।

२०७४ फागुनदेखि निर्माण थालिएको उक्त सडकको काम करीब ९५ प्रतिशत सम्पन्न भइसकेको सूचना अधिकारी जोशीले जानकारी दिए । ‘पहिलो चरणमा सडकको बेस, सब–बेस र सामान्य कालोपत्रको काम भइसकेको छ,’ उनले भने, ‘दोस्रो चरणमा अहिले स्तरीय कालोपत्रको काम शुरू गरेका हौं ।’ 

यसअघि प्रतिकूल मौसमका कारण गुणस्तर प्रभावित हुने भन्दै सडक डिभिजन कार्यालयले निर्माण रोकेको थियो । उक्त सडक ९ मिटर चौडा बनाइँदै छ, जसमध्ये ७ मिटर कालोपत्र गरिने र दाँया–बाँया एक/एक मिटर फूटपाथका लागि व्यवस्थित गरिने कार्यालयले बताएको छ । महेन्द्रनगरदेखि टनकपुर जोड्ने उक्त सडकको निर्माण तीव्रगतिमा भइरहँदा भारतीय पक्षले भने आफ्नोतर्फको सडक निर्माण शुरू गरेको छैन । 

सडक निर्माणका लागि लामा राजेन्द्र जेभी निर्माण कम्पनीसँग  करीब २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । निर्माणमा हालसम्म १९ करोड रुपैयाँ खर्च भइसकेको इन्जिनीयर जोशीले जानकारी दिए । उनका अनुसार यो सडकलाई ‘महाकाली कोरिडोर’को रुपमा विकास गरिने योजना समेत छ । भीमदत्त नगरपालिका–१८ भासीबाट हाल निर्माण भइरहेको लिंक रोडलाई उक्त कोरिडोरका रूपमा विकास गर्न डीपीआर तयार गरिएको सडक डिभिजन कार्यालयले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)