ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक तान्दै वेदकोट ताल

Nov 15, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । चारैतिर हरियाली वनजंगल, कञ्चन पानी, पानीमा देखिने बादल, वनजंगल लगायतको सुन्दर छाँया, मनोरम दृश्यको तस्वीर खिचिरहेका आन्तरिक पर्यटकहरू । कञ्चनपुरको आकर्षक पर्यटकीय स्थल वदेकोटको विशेषता हो । चुरे पर्वतको फेदीमा रहेको उक्त तालको सौन्दर्य र महŒव शब्दको बयानले मात्र प्रकट गर्न सकिँदैन । यहाँ पुग्ने जो कोही पर्यटक यस्तै अनुभव गर्छन् ।

जिल्लाको धार्मिक क्षेत्र समेत रहेको वेदकोट ताल पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको छ । यस क्षेत्रमा आउने आन्तरिक पर्यटकहरू बढ्दै गएका छन् । स्थानीय सरकारले भौतिक संरचना निर्माणका साथै प्रचारप्रसारमा प्राथमिकता दिएपछि तालको भ्रणम गर्ने पर्यटकको आगमन बढेको हो । 

अहिले दैनिक सयौं आन्तरिक पर्यटकले वेदकोट तालको अवलोकन गर्ने गरेको वेदकोट नगरपालिकाका प्रवक्ता नरेश सिंहले बताए । पूर्व–पश्चिम राजमार्गको दैजीबाट ११ किलोमिटर उत्तरमा पर्ने उक्त वेदकोट ताल भ्रमणका लागि कञ्चनपुर र कैलालीका अधिकांश पर्यटक यहाँ आउने गरेको उनको भनाइ छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटकीय क्षेत्रबारे जानकारी दिन सूचना केन्द्र, प्रवेशद्वार, पिकनिक स्पट निर्माण र दृश्यावलोकनका लागि भ्यू टावरको निर्माण गरिएपछि वेदकोट पर्यटक आकर्षक गन्तव्य बनेको हो ।

ताल क्षेत्रको पुरातात्त्विक तथा धार्मिक सम्पदाको संरक्षण र विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको प्रवक्ता सिंहले बताए । उनका अनुसार नगरपालिकाले यहाँ पर्यटकीय क्षेत्रको प्रचार प्रसार, विकास र प्रवद्र्धनमा जोड दिएको छ । ‘सबै पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिएका छौं,’ उनले भने, ‘सोही अन्तर्गत वेदकोट तालमा मन्दिर, धर्मशाला, भ्यू टावर लगायत संचरना तयार पारिएको छ ।’

नगरपालिकाले तालको करीब ३ किलोमिटर तल्लो क्षेत्रमा ‘पिकनिक स्पट’ घोषणा गरेको छ । चोरपानीमा पिकनिक स्पटका लागि नगरपालिकाले संरचना समेत बनाएको छ । अहिले यहाँ कैलाली र कञ्चनपुरबाट विभिन्न विद्यालय तथा संघसंस्थाबाट पिकनिकका लागि आउने तथा घुम्नेको संख्या बढेको छ ।

लिंगामा पनि पर्यटकीय आकर्षण
वेदकोट नगरपालिकाको लिंगेश्वर धाम (लिंगा) पनि पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय उक्त धाम जिल्लाकै पर्यटकीय गन्तव्य समेत बनेको छ । लिंगामा दैनिक सयौं पर्यटक घुम्न आउने गरेको स्थानीयले बताएका छन् । चुरेक्षेत्रमा माटोको ढिस्कोबाट बनेको पहाडको आकर्षक आकृतिले यहाँ पुग्ने सबैको मन छुने गर्छ । उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको नगरपालिकाले बताएको छ । 

लिंगेश्वर धामको विकासका लागि नगरपालिकाको योजनाबद्ध रूपमा काम गरिरहेको नगर प्रमुख अशोक कुमार चन्दले बताए । यस्तै शहरी विकास मन्त्रालयको सहयोगमा १७ करोडमा लिंगा र १९ करोडमा वेदकोट तालको संरक्षण तथा विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  र गुरुयोजना तयार पारिएको उनले जानकारी दिए । ‘लिंगा र वेदकोटलाई एउटै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा जोडेर विकास गर्ने योजना छ,’ उनले भने । यस्तै लिंगा र वेदकोट जोड्नेगरी सडकका साथै अतिथि गृह, पार्किङ स्थल, स्वीमिङ पुल लगायत भौतिक संरचना बनाइने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)