ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रमण वर्षलाई सफल पार्न इलाममा पर्यटन महोत्सव हुँदै, ५ लाख पर्यटकको सहभागिता रहने

Nov 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

कात्तिक २९, काठमाडौं । प्रदेश नम्बर एकको एक मात्र पर्यटकीय नगर सूर्योदय नगरपालिकाले मंसिर १४ गते देखि १८ गतेसम्म प्रथम सूर्योदय नगर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । इलामको प्रमुख पर्यटकीय गन्तव्य भएको सूर्योदय नगरपालिकाले संघीय सरकाले घोषणा गरेका नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन नगर भित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको शुक्रवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मलेनमा जानकारी दिएको छ । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा राजनीतिक परिवर्तन भएको र अवको एजेण्डा आर्थिक भएको बताउँदै आर्थिक विकासको लागि पर्यटन महत्वपूर्ण माध्यम भएको बताए । ‘हामीले लामो राजनीतिक लडाई गरी राजनीतिक परिवर्तन गरेका छौं । अबको एउजेण्डा भनेकै आर्थिक विकास हो । यस्ता महोत्सवले देशको समग्र अर्थतन्त्र चलायमान बनाउन र आर्थिक विकासमा टेवा पुर्‍याउछन्,’ उनले भने । इलामको सोही निर्वाचन क्षेत्रका सांसद समेत रहेका खनालले इलाम नेपालकै एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउँदै पर्यटन महोत्सवले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न पनि सहयोग खेल्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले छिमेकी मुलुक भारतको दार्जिलिङ, पश्चिम बंगाल, सिक्किम, भुटान तथा बंगलादेशबाट एकै दिनमा आइपुगिने गन्तव्य भएकोले पनि यो महोत्सवमा बाह्य पर्यटकको आगमन बढ्ने र यसले भ्रमण वर्षलाई थप सहयोग पुर्‍याउने बताए । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राइले यो नगरमा इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्के जस्ता पर्यटकीय स्थान रहेकोले पूर्वको पर्यटनमा यो नगरपालिकाको छुट्टै योेगदान रहेको बताए । उनले महोत्सवमा करीब ५ लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने तथा ५० लाख रुपैया खर्च हुने बताए ।

यो नगर प्रदेश सरकारले घोषणा गरेको प्रदेश नम्बर एकको एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको १ सय प्रमुख पर्यटकीय गनतव्यमा पर्ने नगर हो । अर्कोडक्स चिया, अदुवा, अलैची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन (दुध) गरी सात ‘अ’ को नगरका रुपमा यो नगर परिचित भएको उनले जानकारी दिए । महोत्स अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर लगायतका स्थानमा मौलिक परिकार सहितको फुड फेस्टिवल, विधि सांस्कृतिक कार्यक्रम, चंगा चेट, घोडाको सौन्दर्य प्रतियोगिता, एतिहासिक गोर्दे मेला, पोटो प्रर्दशनी जस्ता कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)