ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तातोपानीमा १५ करोडको लागतमा होटल बन्दै

Nov 18, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी बजारमा १५ करोड रुपैयाँको लागतमा होटल बन्ने भएको छ । श्रेष्ठ होटल हटस्प्रिङ प्रालिले आइतवार होटलको शिलान्यास गरेको छ । 

१८ महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको होटलमा एट्याज रूमसहित ३२ कोठा, एउटा सभाहल, लिफ्ट र पर्याप्त पार्किङको सुविधा हुने सञ्चालक प्रमोद श्रेष्ठले बताए । तातोपानी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि पहिलोपटक ठूलो लगानीमा होटल बन्न लागेको हो । 

शिलान्यास कार्यक्रममा बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्द पौडेलले नयाँ बन्ने होटलले तातोपानी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । तातोपानीमा विदेशी पर्यटकलाई आकर्षित गर्न सुविधासम्पन्न होटलको आवश्यकता रहेको उनको भनाइ थियो । 

कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी होटल तथा रेस्टुराँ व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले नयाँ बन्न लागेको होटलले समग्र जिल्लाको पर्यटनमा सहयोग पु¥याउने भन्दै निर्धारित समयमै होटलको निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए । 

पछिल्लो समय उपचार र भ्रमणका लागि तातोपानी कुण्डमा नेपालीबाहेक सार्क राष्ट्र भित्रबाट समेत नियमित पर्यटक आउन थालेका छन् । कुण्डमा वर्षेनी करीब २० हजार बिरामीले स्नान गर्न आउने भएकाले ठूला होटलले थप पर्यटकको आगमन बढाउने अपेक्षा गरिएको छ । 

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सियसको तापक्रममा जमिन भित्रबाट बिरे नुनको गन्धमा निस्कने तातो पानी कुण्डमा जम्मा गरिन्छ । बिरे नुनको गन्ध आफैमा एक प्राकृतिक एन्टिबायोटिक भएकाले ‘प्राकृतिक चिकित्सालय’का रूपमा परिचित कुण्डमा स्नान गर्नेको संख्या बढ्दो छ । तातोपानीमा नुहाउनाले ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायत समस्या समाधान हुने विश्वास गरिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

L.B.Chand Thakuri

[Nov 18, 2019 01:22am]

Great job



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)