ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकी कार्यकाल पनि प्रधानमन्त्रीमा ओलीको निरन्तरता, पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई

मन्त्रीमण्डल पुर्नगठन भएन

Nov 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

मंसिर ४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्रीको बाँकी कार्यकाल केपी शर्मा ओलीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । नेकपाले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । नेकपाको यो निर्णयसँगै ओली र प्रचण्ड आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमतिले नयाँ मोड लिएको छ । कतिपयले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्री पद ढिलो चाँडो प्रचण्डलाई सुम्पिने अड्कल गरेका थिए । तर अड्कल विपरित प्रधानमन्त्री ओलीले सत्ताको बागडोर आफैले राख्ने गरी नयाँ सहमति गराउन सफल हुनुभएको छ ।

मंगलवार बसेको सचिवालय बैठकले अब प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिएको छ । प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने,आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भएको छ,’ श्रेष्ठले भने । ‘प्रवक्त श्रेष्ठले पार्टी सरकार र सरकार सञ्चालनमा अध्यक्षद्वयले समन्वय गर्ने बताए । केपी शर्मा ओली र प्रचण्डको वरियता क्रम यथावत राखिएको छ ।

मन्त्रीमण्डल पुर्नगठन भएन
यसबीच प्रधानमन्त्री ओलीले बुधवार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको थियो । तर हालसम्म हटाउने मन्त्री र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागिसकेको छैन । करीब एक सातादेखि मन्त्रिपरिषद हेरफेर गर्ने भनेर पार्टी र प्रधानमन्त्रीबाटै सूचना बाहिर आएपनि मन्त्रिपरिषद पुनर्गठनमा ढिलाई भएको छ । पार्टीले यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने भन्दै केही मन्त्री हटाउने सूचना बाहिर आएपछि बहालवाला मन्त्रीहरु मनोवैज्ञानिक तनावमा रहेका छन् । उनीहरु न त आफ्नो काममा पहिले जस्तो सक्रिय भएका छन्, न त आफ्नो बारेमा के हुने भन्ने विषयमा प्रतिक्रिया नै दिएका छन् । पार्टी स्रोतका अनुसार नयाँ मन्त्रीहरुको बुधवार रातिसम्ममा टुंगो लाग्ने तर सपथग्रहण भने बिहिवार मात्रै हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)