ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरलता व्यवस्थापन : अन्तर निकाय समन्वयमा जोड दिँदै राष्ट्र बैंक

Nov 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

मंसिर ५, काठमाडौं । बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले अन्तर निकाय समन्वयमा जोड दिने भएको छ । पछिल्लो समय बैंकहरूमा लगानीयोग्य पूँजीको अभाव भैरहेको गुनासो आएकाले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले यसमा जोड दिएको हो ।

बैंक तथा वित्तिय संस्थाको मुख्य स्रोत निक्षेप संकलनभन्दा कर्जाको माग बढी आएकाले बैंकरहरू बाह्य स्रोत जरुरी भएको औंल्याउन थालेका छन् । यसै क्रममा केन्द्रिय बैंकले पनि तरलता व्यवस्थापन गर्नमा जोड दिने भएको हो । आर्थिक वर्ष २०७६/७७ को ३ महीनामा खुला बजार कारोबारमार्फत कुल रू. ३० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रू. ९५ अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा रिपोमार्फत रू. ३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधा मार्फत रू. ४९ अर्ब ८० करोड गरी कुल रू. ८९ अर्ब ३२ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत रू. ३ अर्ब ४२ करोड तरलता प्रवाह भएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर ८९ करोड ८५ लाख खुद खरीद गरी रू. १०२ अर्ब २२ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६९ करोड ९१ लाख खुद खरीद गरी रू. ८० अर्ब ७५ करोड खुद तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ६ करोड विक्री गरी रू. ११९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैयाँ खरीद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा विक्री गरी रू. १३१ अर्ब १५ करोड बराबरको भारतीय रुपैयाँ खरीद गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)