ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरप्रदेश उडानका लागि निजी विमान कम्पनीको अग्रसरता

अनुदान दिने कार्यविधि बनाउँदै पर्यटन मन्त्रालय 

Nov 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल author avatar रोशनी भट्टराई

काठमाडौं । सरकारले अन्तरप्रदेश हवाई उडान प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेसँगै निजी विमान कम्पनीहरूले यस्तो सेवा थाल्न अग्रसरता देखाएका छन् । सोमवार बुद्ध एयरले आगामी जनवरी १ देखि प्रदेश १ बाट प्रादेशिक हवाई उडान गर्ने तयारी गरेको जानकारी दिएको छ ।

बुद्ध एयरले हाललाई पहिलो चरणमा काठमाडौंलाई ट्रान्जिट बनाएर भद्रपुर विराटनगरबाट पोखरा उडान गर्ने तयारी गरेको प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रादेशिक उडानबारे विराटनगरमा जानकारी दिँदै उनले परीक्षणस्वरूप साताको ३ दिन सञ्चालन गर्ने बताए । काठमाडौं ट्रान्जिट उडानको अवस्था हेरी सीधै पोखरा उडानको तयारी गरिने बस्नेतले बताए । 

हाल प्रदेश ५ भैरहवाबाट गण्डकी प्रदेशको पोखरा र पोखराबाटै प्रदेश ३ चितवनमा मात्र अन्तर प्रदेश उडान भइरहेको छ । यती एयरलाइन्सले पोखरालाई ‘बेस’ बनाएर भैरहवा र भरतपुर विमानस्थलमा तथा माउन्टेन प्mलाइट सेवा सञ्चालन गरेको छ । क्षेत्रीय विमानस्थललाई प्रयोगमा ल्याउन र प्रादेशिक संरचनाअनुसार सेवा प्रवाह गर्न पोखरालाई ‘बेस’ बनाइन लागेको यती एयरलाइन्सका प्रवक्ता भीमराज राईले बताए । स्थानीय बासिन्दा, आन्तरिक÷बा≈य पर्यटक र नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी यो योजना ल्याएको उनको धारणा छ ।

मुलुक संघीय संरचनामा गएको तथा प्रत्येक प्रदेशमा हवाई पूर्वाधार विकासको काम अघि बढाइएकाले अन्तरप्रदेश हवाई सेवालाई प्रोत्साहन गर्न सरकारले अनुदान दिने गरी कार्यविधिको तयारी गरेको हो ।

तराईका अधिकांश विमानस्थलबाट रात्रि उडान गर्न सकिने गरी स्तरोन्नति भएकाले पनि अन्तरप्रदेश उडान सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको धारणा छ । प्राधिकरणका अनुसार हाल चन्द्रगढी, जनकपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गर्न सकिन्छ ।

सरकारले सबै प्रदेशबाट एकअर्का प्रदेशमा उडान गर्ने सम्बन्धमा समिति नै गठन गरेर काम अगाडि बढाएको छ । समितिले तयार पारेको प्रतिवेदनको आधारमा सेवाप्रदायकसँग छलफल गरेर निर्णयमा पुगिने पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘व्यवसाय विस्तार गर्ने काम विमान कम्पनीहरूको हो । तर, शुरूमा हवाई सेवाप्रदायक कम्पनीलाई प्रोत्साहन गर्न केही समयका लागि अनुदान दिने सोच बनाएको हो,’ मन्त्री भट्टराईले भने । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि अन्तरप्रदेश उडान आवश्यक भएको र यसमा केन्द्र सरकार सहयोग गर्न सधैं तयार रहेको उनले बताए । 

श्री एयरलाइन्सले पनि प्रादेशिक उडानको लागि योजना बनाए पनि काठमाडौंबाटै उसले मागिरहेका स्थानमा उडान अनुमति नपाएकाले केही ढिला भइरहेको सो कम्पनीका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ‘हामी पनि प्रादेशिक उडानमा सेवा विस्तार गर्ने सोचमा छौं । तर, हामीले अनुमति मागिरहेका स्थानमा अनुमति दिन प्राधिकरणको ढिलाइले यी सबै काम अवरुद्ध भएका छन्,’ उनले भने । 

विमान कम्पनीहरूले काठमाडौं बाहेकका विमानस्थललाई ‘बेस’ बनाएर उडान गर्नु सकारात्मक भएको र यसले अन्य विमानस्थललाई ‘बेस’ बनाउनुपर्ने प्राधिकरणको नीतिगत व्यवस्था कार्यान्वयनमा आउँदै गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीले बताए । 

आन्तरिक उडानका विमान कम्पनीहरूले क्षेत्रीय विमानस्थललाई ‘बेस’ बनाएर प्रादेशिक उडान गर्दा त्रिभुवन विमानस्थलको पार्किङ र हवाई ट्राफिकको समस्या न्यूनीकरण हुने उनको भनाइ छ । प्राधिकरणले वार्षिक बजेटमा पनि क्षेत्रीय विमानस्थल सुदृढीकरण गर्दै लैजाने योजना बनाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)