ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुल्न थाले बन्द मदिरा उद्योग

५ उद्योगबाट दैनिक ८० हजारदेखि १ लाख लिटरसम्म उत्पादन

Nov 26, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मदिरामा प्रयोग हुने कच्चा पदार्थ ‘एक्स्ट्रा नेचुरल अल्कोहल (ईएनए) को मापदण्डमा सुधार गरेसँगै चालू आर्थिक वर्ष (आव) को शुरुआतदेखि बन्द मदिरा उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

चालू आवको आर्थिक ऐनले १०० किलो अन्नबाट ४२ लिटर ईएनए निस्किने भन्दै त्यसमै राजस्व लिने व्यवस्था गरेको थियो । तर, मदिरा उद्योगीहरूले १०० किलो चामल वा कनिकाबाट ३५ लिटर मात्रै ईएनए निस्किने बताउँदै आएका थिए । मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले १०० किलो अन्नबाट ३५ दशमलव १५ लिटर ईएनए उत्पादन हुने भनी मापदण्डमा फेरबदल गरेको थियो ।

नेपाल पेय पदार्थ संघका महासचिव गुरुप्रसाद अधिकारीका अनुसार मापदण्डमा सरकारले गरेको पछिल्लो सुधारले बन्द रहेका अन्नबाट ईएनए उत्पादन गर्ने हिमालयन डिस्टिलरी, प्रिमियर अर्गानिक प्रालि, चण्डिका डिस्टिलरी, माउन्ट एभरेस्ट डिस्टिलरी, भेरी डिस्टिलरीले दैनिक ८० हजारदेखि १ लाख लिटरसम्म ईएनए उत्पादन शुरू गरेको बताए ।

‘बजेटमार्फत सरकारले जबर्जस्ती लागू गरेको मापदण्ड सुधारपछि बन्द उद्योगबाट उत्पादन शुरू भएको छ, सरकारले राजस्व बढाउने नाममा सरोकारवालासँग छलफल नै नगरी प्राविधिक विषयमा अब त्यस्ता निर्णय लिनु हुँदैन, उद्योगहरूलाई ईएनएको उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ सरकार लाग्नुपर्छ,’ उनले भने ।

सरकारको पछिल्लो नीतिगत सुधारबाट मदिरा उद्योगहरूलाई ईएनए आयात गर्नुपर्ने बाध्यता पनि हटेको छ । ‘बन्द पाँच उद्योग खुलेसँगै स्वदेशमै उत्पादित ईएनए उपयोग गर्ने करीब ४० उद्योगलाई ठूलो राहत मिलेको छ,’ उनले भने । ‘ईएनए मदिरा उद्योगको महत्त्वपूर्ण कच्चा पदार्थ हो । बजेटले मापदण्डमा परिवर्तन गर्दा ईएनए उत्पादन गर्ने स्वदेशी उद्योग बन्द भए नै, ईएनए आयातका लागि बाहिरिने करोडौं रुपैयाँ पनि जोगिएको छ,’ अधिकारीले भने ।

अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख धनीराम शर्माले मदिरा उद्योग नै बन्द गर्ने नियतका साथ सरकारी व्यवस्था नल्याइए पनि मदिरा उद्योग प्रभावित भएको स्वीकारेका थिए । उनले स्वदेशी उद्योग बचाउन नियमावलीमा भएका मापदण्ड हेरफेर गर्नुपरेको बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)