ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्य बीमा : बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

बीमाशुल्क संकलन रू. २७६ करोड, दाबी भुक्तानी रू. ३६१ करोड

Nov 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार २०७२ चैतदेखि शुरू गरिएको यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रू. २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ । तर, सोही अवधिमा ग्राहकलाई रू. ३ अर्ब ६१ करोड १२ लाख दाबी भुक्तानी भएको छ ।

संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागिता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत ७ लाख ८५ हजार ६२९ परिवारले दाबी भुक्तानी लिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

सरकारबाट आम नागरिकले स्वास्थ्य बीमा सेवा पाउनु राम्रो भएपनि बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी यसरी बढ्दै गएमा भविष्यमा समस्या आउने विज्ञहरू बताउँछन् । 
बोर्डका अधिकारीहरू स्वास्थ्य बीमाको व्यापक रूपमा विस्तार हुन नसक्दा यस्तो अवस्था आएको बताए । बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पनि शुरुआती चरणमा यस्तो अवस्था आउनु स्वाभाविक भएको बताए । उनले भने, ‘तर, यसले कार्यक्रमको स्थायित्वबारे भने प्रश्न उठाएको छ, तर आत्तिहाल्नुपर्ने अवस्था छैन । पछि यसको दायरा बढ्दै गयो भने व्यावसायिक सन्तुलन आउनेछ ।’

स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि बोर्डअन्तर्गत स्वास्थ्य बीमा कोष हुनुपर्ने कानूनी व्यवस्था छ । बीमाशुल्क सहित विभिन्न माध्यमबाट प्राप्त रकम सोही कोषमा नै जम्मा हुनेछ । बोर्डले सोही कोष परिचालन गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नेुपर्ने कानूनी व्यवस्था छ ।

तर, कोष बनाएर संकलित बीमाशुल्क खर्च गर्ने सम्बन्धी कार्यविधि अझै तयार भएको छैन, जसको फलस्वरूप बीमाशुल्क अभैm पनि कोष तथा लेखा नियन्त्रक कार्यालयको बैंक खातामा निष्क्रिय छ । 

महालेखाले परीक्षकको कार्यालयले पनि आफ्नो ५६औं वार्षिक प्रतिवेदनमार्फत बोर्डलाई बीमाशुल्कलाई परिचालन गरेर आम्दानीको दायरा बढाउन निर्देशन दिएको थियो । साथै, महालेखाले सोही रकमबाट नै बोर्डको सञ्चालन खर्च र बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने सुझाएको थियो ।

बोर्डले बीमाशुल्क परिचालन गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत अर्थ मन्त्रालयसँग अनुमति मागेको छ । तर, १ वर्ष बितिसक्दा पनि अनुमति नपाएको बोर्डका कार्यकारी निर्देशक पोखरेल बताउँछन् । उनले भने, ‘उक्त रकम परिचालन गर्न पाएको भए हालसम्म कर्मचारीको खर्च मात्रै भए पनि उठाउन सक्ने थियौं । तर, सम्बद्ध निकायबाट अनुमति नपाउँदा उक्त कोष परिचालन हुन सकेको छैन ।’

प्रदेशगत आधारमा यो कार्यक्रम सबै प्रदेशमा पुगेको देखिन्छ । सात प्रदेशमध्ये प्रदेश न. १ सबैभन्दा बढी ६ लाख १२ हजार २५ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै, प्रदेश न. २ मा सबैभन्दा कम ६१ हजार ७८३ जनाले यस्तो बीमा गरेको तथ्यांकमा उल्लेख छ । प्रदेश न. २ का जनतालाई बीमामा ल्याउन अत्यन्तै गा¥हो भइरहेको बोर्डका सूचना अधिकारी कृष्णप्रसाद आचार्य बताउँछन् ।

तथ्यांकअनुसार तेस्रोलिंगी समुदायका २४४ जना व्यक्तिले पनि स्वास्थ्य बीमा गरेका छन् । यस्तै, २ लाख २९ हजार ९७० वृद्ध र ६ लाख ८६ हजार १६९ जना अति गरीबले स्वास्थ्य बीमा गरेको तथ्यांकमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)