ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उड्डयन प्राधिकरण टुक्र्याउन आइकाओको ५५ लाख सहयोग

प्राधिकरण अलग गर्न ऐनको मस्यौदा मन्त्रिपरिषद्मा

Nov 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुत्र्mयाउने प्रक्रियामा रू. ५५ लाख २० हजार (४८ हजार अमेरिकी डलर) सहयोग गर्ने भएको छ । आइकाओले यसका साथै अन्य प्राविधिक सहयोगसमेत गर्ने भएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

आइकाओले सन् २००९ देखि उड्डयन प्राधिकरणबाट हुँदै आएको सेवा प्रदायक र निगमको काम अलगअलग गर्न सुझाव दिँदै आएको थियो । युरोपेली संघ (ईयू) ले पनि प्राधिकरणको सेवा प्रदायक र नियमनको काम अलगअलग संस्थाबाट गर्न सुझाव दिएको थियो । सहयोगका सम्बन्धमा प्राधिकरण र आइकाओबीच गत सेप्टेम्बर २६ मा सहमति भइसकेको छ ।

‘सन् २००९ को आईकाओको अडिटले पनि नियमनकारी निकाय र सेवा प्रदायकको काम अलगअलग हुनु पर्ने सुझाव दिएको थियो । त्यसैका आधारमा अहिले नयाँ ऐनको मस्यौदा बनाउने काम सम्पन्न भएको छ । आइकाओको प्राविधिक तथा आर्थिक सहयोगले हामीलाई यो काम गर्न थप सहज हुने विश्वास छ,’ महानिर्देशक पोखरेलले भने । उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण गरी सेवा प्रदायक र नियामक अलग गर्ने ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पुगिसकेको छ । 

आइकाओले आफ्नो उडान सुरक्षा कोष अन्तर्गत यो आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ । आइकाओको प्राविधिक सहयोगमा यो काम हँुदा यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय दुवै दृष्टिले महत्त्वपूर्ण हुने पोखरेलले बताए । आइकाओका विज्ञ प्राविधिकले सहयोग गर्दा निर्माण गर्न लागिएका संस्थाहरू अन्तरराष्ट्रिय मापदण्डअनुसार बन्ने उनको भनाइ छ ।

प्राधिकरणले संस्था अलगअलग गर्ने गरी आर्थिक वर्ष २०७१/७२ देखि तयारी गरेको थियो । सोही अनुरूप झन्डै १ वर्ष अगाडि नै प्राधिरकणलाई अलग गर्नेगरी हवाई नीति बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । सोही आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि हवाई नीति २०७३ को मस्यौदाको आधारमा प्राधिकरणलाई अलग गर्ने गरी ऐनको मस्यौदा तय गरिसकेको छ । 

ऐनको नयाँ मस्यौदामा नागरिक उड्डयन प्राधिकरणले नियामकको काम गर्ने तथा हवाई सेवा प्राधिकरणले सेवा सञ्चालन गर्ने प्रावधान राखिएको छ । नियामक निकाय सानो र सेवा प्रदायक ठूलो संस्थाका रूपमा रहनेछन् । उड्डयन प्राधिकरणले सेवा प्रदायकको लाइसेन्स, हवाई सुरक्षा, अनुगमनजस्ता काम गर्ने गरी प्रस्ताव गरिएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, हवाई सेवा प्राधिकरणले विमानस्थलको निर्माण, सञ्चालन तथा जनशक्ति उत्पादनको लागि तालीम सञ्चालनजस्ता काम गर्नेछ । 

प्राधिकरणको बोर्ड अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कार्यकारी नेतृत्वमा महानिर्देशक रहने गरी प्रस्ताव गरिएको छ । हवाई सेवा प्राधिकरणको बोर्ड अध्यक्षमा मन्त्रालयका सचिव र कार्यकारी नेतृत्वमा महाप्रबन्धक हुने प्रस्तावित मस्यौदामा उल्लेख गरिएको छ । 

आइकाओले सन् २००९ मा पहिलो पटक नेपाली वायुसेवा सुरक्षा परीक्षण गरेको थियो । तर, उसले सन् २०१३ को अन्त्यमा गरेको सुरक्षा परीक्षणपछि निर्धारित प्रक्रिया परिपालना नगरेको भन्दै नेपाललाई नागरिक उड्डयनसम्बन्धी गम्भीर सुरक्षा चासो लिष्ट (कालोसूची) मा राखेको थियो । त्यसपछि २०१७ जुलाई ४ देखि ११ मा सम्पन्न उडान सुरक्षा सम्परीक्षण अडिटपछि आइकाओले नेपाललाई कालो सूचीको मुलुकबाट हटाएको थियो । तर, ईयूले भने अझै नेपाललाई कालोसूचीबाट हटाएको छैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)