ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगमलाई चीनका लागि उडान अनुमति प्राप्त

२०७६ मंसिर, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनमा उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौं–क्वाङचाऊ उडान गर्न निगमलाई बाटो खुलेको छ । निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिइएको बारेमा जानकारी गराइसकेको छ ।  

निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेशनसँग सम्बद्ध थप कागजात माग गरेको थियो । अनुमति दिनुअगाडि निगमको सेफ्टी अडिट गर्ने बताएको सीएएसीले निगमले पेश गरेका थप कागजातको अध्ययनपछि उडान अनुमति दिएको मिश्रले बताए ।

‘यसको आधिकारिक पत्र आउन १÷२ दिन लाग्न सक्छ । तर, चिनियाँ पक्षबाट अब सेप्mटी अडिट गर्न आउनु नपर्ने र उडानको तयारी गर्ने अनुरोधसहितको जानकारी आएको छ । अब निगमलाई चीन उडानको बाटो खुलेको छ,’ सहप्रवक्ता मिश्रले भने ।

निगमको सेफ्टी अडिटका लागि सीएएसीको टोली डिसेम्बरको दोस्रो सातासम्ममा नेपाल आउने बताइएको थियो । चीनबाट अडिटको लागि टोली आउने भनेपछि निगमले सो टोलीसँग सहजीकरण गर्न कार्यदल समेत बनाइसकेको थियो । अब निगमको सेफ्टी अडिट गर्न आउने भनेको (सीएएसी) को टोली नेपाल नआउने मिश्रले जानकारी दिए । यद्यपि सेफ्टी अडिट कुनै पनि पनि देशले आफ्नो देशमा नयाँ विमान कम्पनीले उडान अनुमति माग गर्दा गरिने सामान्य प्रक्रिया र अधिकार क्षेत्रभित्रको कुरा भएको उनले बताए । 

निगमले पहिलो चरणमा आर्थिक केन्द्र क्वाङचाऊ र त्यसपछि चीनको राजधानी पेचिङ तथा अर्को आर्थिक शहर साङहाईमा उडान गर्ने योजना बनाएको छ । यो अनुमतिसँगै अब निगमलाई चीनका विभिन्न शहरमा उडान गर्ने बाटो खुलेको छ । क्वाङचाऊ उडानका लागि यसअघि नै आन्तरिक तयारी गरेको निगमले थप तयारी पछिमात्रै मिति तय गर्ने बताइएको छ ।  

नेपाल–चीनबीच ५ वर्षपछि गत साउन महीनामा हवाई सेवा सम्झौताको पुनरवलोकन भएको थियो । त्यसअघि चीनसँग सन् २०१४ मा नेपालमा पछिल्लो हवाई सम्झौता भएको थियो ।

पछिल्लो हवाई सेवा पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा साताको ९८ उडान गर्न पाउनेछन् । यसअघि सातामा ७० उडान मात्रै गर्न पाउने प्रावधान थियो । हाल चीनबाट पाँचओटा विमान कम्पनीले नेपालमा सातामा ५० भन्दा बढी उडान गर्ने गरेका छन् । पछिल्लो पुनरवलोकनपछि नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले गत कात्तिक महीनादेखि चीनको पेचिङमा सातामा तीनओटा, गुयान र चाङसामा एक/एक गरी पाँचओटा उडान शुरू गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)