ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फलेवासमा लिफ्ट सिँचाइ आयोजना शुरू

२०७६ फागुन, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ मा लिफ्टमार्फत सिँचाइ आयोजनाको काम शुरू भएको छ । लमाएखोलास्थित बिसेको चापटदेखि काइला पन्तीको बगरमा ट्यांकी राखेर लिफ्ट प्रविधिको सिँचाइ आयोजनाको शुरू गरिएको हो । फलेवासका खानीगाउँ, देवीस्थान र मुडिकुवामा उक्त आयोजना मार्पmत सिँचाइ सुविधा पु¥याउने भएको छ ।

मंगलवार आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख पदमपाणि शर्माले यस क्षेत्रका कृषियोग्य भूमिमा अब हिउँदमा पनि सिँचाइ सुविधा पुग्ने बताए । राज्यले कृषिमा आधुनिकीकरण, प्रविधीकरण र व्यावसायिकता विकासको परिकल्पना गरेको भन्दै उनले फलेवासको समृद्धि कृषिबाटै सम्भव रहेको धारणा राखे । ‘अहिले सिँचाइको सुविधा नहुँदा वर्षमा एक बाली मात्र खेती गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अबको डेढ वर्षपछि बाह्रैमास खेतीपाती हुने वातावरण बन्नेछ ।’

फलेवास समथर भूमि भए पनि सिँचाइको असुविधाका कारण बर्खेखेती बाहेक अरू मौसममा खेती हुँदैन । फलेवास धान ब्लक सञ्चालक समितिको प्रस्तावमा कृषि ज्ञानकेन्द्र, पर्वतमार्फत कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गरिएको छ । सिँचाइ सुविधाका लागि १ करोड ३१ लाखको डीपीआर बनाएर काम शुरू गरिएको हो । प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने र अपुग रकम नगरपालिकाले बेहोर्नेगरी काम शुरू गरिएको धान ब्लक सञ्चालक समितिका अध्यक्ष बलराम भुसालले जानकारी दिए ।

बर्खामा फलेवास बृहत् नहरकै पानी पर्याप्त भए पनि हिउँदमा भने कुलोमा पानी आउँदैन । हिउँदका लागि लिफ्टमार्फत सिँचाइ भएपछि किसानलाई राहत पुग्ने भुसालले बताए । आयोजनाले मुडीकुवा, खानीगाउँ र देवीस्थानका करीब ५ हजार कृषक लाभान्वित हुने फलेवास नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए । 

कृषि ज्ञान केन्द्रले चालू आवमा फलेवासको मुडिकुवा, खानीगाउँ, देवीस्थान र कुर्घा समेटेर धान ब्लक क्षेत्र घोषणा गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)