ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा स्थानीय खानाका परिकार बनाउने तालीम

२०७६ फागुन, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका सञ्चालित होमस्टे (घरवास)लाई लक्षित गरी स्थानीय खानाका परिकार बनाउने तालीम सञ्चालन गरिएको छ । जिल्लाको भ्रमणमा आउने पर्यटकले स्थानीय खानाका परिकार रुचाएपछि होमस्टे सञ्चालकलाई स्थानीय रूपमा उत्पादित वस्तुको परिकार र स्वादिष्ट खाना बनाउन सिकाउने उद्देश्यले कृषि ज्ञान केन्द्र म्याग्दीले तालीम सञ्चालन गरेको हो ।

म्याग्दी र मुस्ताङमा स्थानीय तहमा होमस्टे सञ्चालकलाई दुई समूहमा विभाजित गरेर तालीम सञ्चालन गरिएको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । जिल्लाको १ नगरपालिका र ५ गाउँपालिकाका २५ जना होमस्टे सञ्चालकलाई ११ गतेदेखि १३ गतेसम्म रैथाने बालीको परिकार सम्बन्धी तालीम दिइएको बताए । यस्तै, म्याग्दीसहित मुस्ताङका होमस्ट सञ्चालकलाई १४ गतेदेखि १६ गतेसम्म तालीम दिइनेछ । 

ग्रामीण भेगको पर्यटनको विकास तथा थोरै लगानी जनताको आर्थिक जीवनस्तर उकास्न परम्परागत खेतीलाई व्यावसायिक रूपमा विकास गराउन केन्द्रले तालीम आयोजना गरेको कार्यालयका प्रमुख गोविन्दराज कोइरालाले बताए । जिल्लामा ग्रामीण भेगमा सञ्चालन गरेका होटल तथा होमस्टे सञ्चालकलाई तालीमले रैथाने बालीको परिकार बनाउन मद्दत पु¥याउने उनको भनाइ छ । होमस्टेमा विषादीयुक्त उत्पादित वस्तुको निराकरण, बजारीय खानाको विस्थापन र स्थानीय उत्पादन कोदो, मकै, केरा, तरुल, आलु, फापर, सागपात लगायतको खेतीलाई व्यावसायिक रूपमा उत्पादन बढाउन तालीम प्रभावकारी हुने उनको विश्वास छ । 

तालीम प्रशिक्षक घनश्याम गिरीले सहभागीलाई होमस्टेमा आउने पाउनालाई आफ्नै वरिपरि पाइने सामग्रीबाट परिकार बनाएर पाहुना खुशी पार्न सकिने ज्ञान र शीप सिकाउने बताए । उनका अनुसार तीनदिने तालीममा सहभागीलाई ग्रामीण क्षेत्रमा उत्पादन हुने कोदोको मम र पिज्जा, तरुलको चिप्स, खिर, पिँडालु सादेको, फापरको परौठा र पकौडा, आलुको परिकार लगायत विभिन्न परिकार बनाउन सिकाइएको छ ।  

तालीमले आफूहरूलाई स्थानीय उत्पादनका विभिन्न परिकार बनाउन सक्ने बनाउनुको साथै स्थानीय उत्पादनको महŒव बुझाएको सहभागीले बताएका छन् । ज्ञान केन्द्रले रैथानेबालीको पकेट क्षेत्रको निर्धारण गरेर उत्पादन बढाउने, गुणस्तरी बीउबिजन उत्पादन गर्ने, परम्परागत खेतीको संरक्षण लागि विभिन्न तालीम सञ्चालन गर्ने लगायत काम गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)