ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना प्रभावित देशमा कामदार पठाउन रोक्ने तयारी 

Mar 4, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै प्रभावित देशहरूमा नेपाली कामदार पठाउन रोक लगाउने तयारीमा सरकार लागेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशहरू चीन, जापान, दक्षिण कोरिया, इरान, इटली, कुवेत, ओमानलगायत देशमा तत्काल आफ्ना कामदार पठाउन रोक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल थालेको हो । 

श्रममन्त्री रामेश्वर राय यादवले विश्वभर फैलिएको कोरोना संक्रमणलाई दृष्टिगत गर्दै अति प्रभावित मुलुकहरूमा जाने कामदारका हकमा तत्कालका लागि श्रमस्वीकृति स्थगन गर्नेबारे छलफल शुरू गरिएको बताए । ‘प्रभावित देशहरूमा कामदार पठाउन स्थगन गर्नेबारे परराष्ट्र मन्त्रालयसँग आज (मंगलवार) छलफल भएको छ, तर निर्णयमा पुगेका छैनौं,’ उनले आर्थिक अभियानसँग भने ।

मन्त्री यादवका अनुसार अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा संक्रमणको जोखिम रहेका मुलुकमा कामदार पठाएर सरकार जोखिम झेल्न चाहँदैन । ‘हामीले कामदार पठाए बीचबाटै श्रमिक फर्किने अवस्था आउने देखियो, त्यसैले नीतिगत निर्णय लिन छलफल अघि बढाएका हौंं,’ उनले भने । 

मन्त्रालयका अनुसार दक्षिण कोरियामा कोरोनाको संक्रमण पैmलिएपछि त्यहाँ नेपाली कामदार जान सकेका छैनन् । दक्षिण कोरियाका बारेमा सरकारले कुनै निर्णय लिएको छैन । तर, कामदार पठाउने तालिका भने सार्ने तयारी भइरहेको मन्त्री यादवले बताए । 

कोरियामा विभिन्न काम तथा पेशामा झन्डै ४० हजारको हाराहारीमा नेपाली संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा झन्डै १० लाख नेपाली कार्यरत रहेको सरकारको तथ्यांक छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए । 

कोरोना प्रभावित मुलुकहरूले विदेशी कामदार लिन आपैm अस्वीकार गरेकाले तत्काल कामदार पठाउने अवस्था नरहेको श्रम मन्त्रालयका सहसचिव सुमन 
घिमिरेले बताउँछन् । 

उता, कोरोनाको बढ्दो जोखिमसँगै नेपाली कामदारको प्रमुख श्रम गन्तव्यहरूले नै सबै प्रकारका भिसामा रोक लगाउन थालेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । कुवेत सरकारले नेपाललगायत अन्य देशलाई पनि भिसाको प्रक्रियामा रोक लगाएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।

उनका अनुसार खाडी मुलुकहरूमा कोरोनाको संक्रमण देखिएसँगै कुवेतले पनि सबै देशबाट ल्याउने कामदारको भिसामा रोक लगाएको छ । कोरोनाको प्रकोप बढेसँगै वैदेशिक रोजगार व्यवसायी संघले पनि रोजगारीमा जाने कामदारलाई पठाउने वा नपठाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरिरहेको छ । ‘जोखिम रहेका देशमा कामदार पठाउने अवस्था नै छैन, यसबारे औपचारिक निर्णय छिट्टै लिनेछौं,’ उनको भनाइ थियो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बद्ध रोजगारदाताले रोक नलगाएसम्म वैदेशिक रोजगारमा जाने क्रम बन्द नहुने व्यवसायीहरूको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)