ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

स्वास्थ्य अवस्था स्थिर : अस्पताल

Mar 4, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार करीब ४ घण्टा लगाएर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरूले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको र स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको प्रेस विज्ञप्तिमार्पmत जानकारी दिएको छ । उक्त अस्पतालका प्रमुख एवम् कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको र उहाँको अवस्था स्थिर रहेको जानकारी दिए । ‘उहाँका सबै मुख्य सूचकहरू राम्रो अवस्थामा छन् । उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा उहाँको मिर्गौलाले काम गर्न पनि शुरू गरिसकेको उल्लेख छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको होश खुलिसकेको छ । 

प्रधानमन्त्री ओलीको २०६४ साउनमा पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहिलोपटक गरिएको प्रत्यारोपणले राम्रोसँग काम गर्न छाडेपछि कात्तिकबाट प्रधानमन्त्री ओलीको नियमित डायलसिस हुँदै आएको थियो । चिकित्सकहरूले मिर्गोला नै फेर्न सुझाव दिएपछि उहाँको मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओलीलाई नातामा भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । 

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न प्राडा. दिव्या सिंह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोली रहेको थियो । त्यस्तै एनेस्थिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्राडा सुवास आचार्यलगायतको टोली सहभागी रहेको अस्पतालले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)