ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमा कोरोना प्रभाव : न्यूनीकरणका लागि ‘एक्सन टीम’ बनाउन निर्देशन

Mar 5, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड–१९)ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन् । 

कोरोना भाइरसले पर्यटन उद्योगमा पार्न सक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग बुधवार मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले उक्त निर्देशन दिँदै कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखिपठाउन समेत निर्देशन दिए । आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने मन्त्री भट्टराईको भनाइ छ । 

मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघसंस्था तथा विज्ञहरूलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नु पर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन पनि आग्रह गरे । साथै, विमानस्थलहरूमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै मन्त्री भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवत जावत हुने काठमाडांै बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हेल्थ डेस्क राख्ने प्रक्रिया पनि अघि बढाइएको बताए । कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोना भाइरसको प्रभावलाई दृष्टिगत अन्य मन्त्रालयसँग समन्वय गरी मन्त्रालयले विभिन्न कदम चालेको जानकारी दिए । उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले क्यानले विश्व स्वास्थ्य संगठनको (डब्ल्यूएचओ)को मार्गदर्शन र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) निर्देशन अनुरूप उड्डयन क्षेत्रमा चाल्नुपर्ने कदमबारे सरकारलाई जानकारी गराएको बताए । विमानस्थलमा कोरोना चेकजाँचका लागि उचित व्यवस्था गरिएको दाबी उनले गरे । 

नागरिक वायुसेवा सञ्चालक संघ, होटल संघ, टान, नाट्टा, होटल संघ नेपाल (हान) लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराउँदै यो उद्योगलाई बचाउन राज्यले बंैकको ब्याजदर लगायत विभिन्न विषयमा सहुलियत दिनुपर्ने माग गरे । 

यसैबीच, पर्यटनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम ६ महीनाभित्र सक्न निर्देशन दिएका छन् । उनले ती काम तोकिएको मितिमा सक्न निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले वैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणाधीन नयाँ आगमन कक्षको सम्पूर्ण काम चैत २१ गतेभित्र, नयाँ प्रस्थान कक्षको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका हुन् । त्यस्तै, एशियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आईसीपीको सबै काम ३ वर्षभित्र, प्यारालाल ट्याक्सी वेको निर्माणका लागि आगामी ३ महीनाभित्र, कन्भेयर बेल्टको निर्माण कार्य आगामी जेठ महीनाभित्र सक्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)