ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजारको मूल्यको कुरा व्यक्ति विशेषसँग जोड्ने विषय होइन : अर्थमन्त्री

Mar 5, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

फागुन २२, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारको क्षेत्रमा आफ्नो पहिलो कार्यकालमा धेरै सुधार भएको दावी गरेका छन् । 

सरकारका प्रवक्तासमेत रहेका खतिवडाले बिहीवार आयोजित मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै शेयर बजारमा पछिल्लो दुई वर्षमा सबैभन्दा धेरै सुधार भएको दावी गरे । 

‘चाहे त्यो नीति बनाउने विषय होस्, चाहे कर प्रणालीमा सुधार गर्ने होस्, चाहे त्यो कारोबारलाई छिटो समयमा राफसाफ गर्ने होस्, मार्जिनसँग सम्बन्धित् विषयमा धेरै सुधार भएको छ,’ उनले भने ।

अर्थमन्त्री कै कारण शेयर बजारमा उतार चढाव देखियो भनिन्छ नि ? भन्ने पत्रकारको प्रश्नमा अर्थमन्त्री खतिवडाले शेयर बजार तलमाथि हुने प्रक्रियालाई बजारको सेन्टिमेन्टका रुपमा बुझ्न आग्रह गरे ।

‘नीति ठिक हुने, प्रणाली ठिक हुने, कम्पनीको क्षमता र स्वास्थ्य ठिक हुने अनि भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्टले हो, त्यो बजारको सेन्टिमेन्टलाई बजारकै सेन्टिमेन्ट हो भनेर बुझ्नु पर्छ, त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले बताए ।

अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याई दिने बताउँदै उनले बाँकी लगानीकर्ताको जिम्मा रहेको बताए । ‘शेयर बजारको मूल्यको कुरामा पनि त्यही नै हो, यो कुनै मान्छेको अनुहार र व्यक्ति विशेषसँग जोड्ने विषय होइन,’ मन्त्री खतिवडाले बताए ।

नीतिगत रुपमा समस्या रहे आवश्यक छलफल गर्न सकिने बताउँदै अर्थमन्त्री खतिवडाले बर्तमान सरकार आएपछि अनलाइन ट्रेडिङलगायत कामहरु शुरु भएको बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)