ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजारबारे अर्थमन्त्री : ‘नीतिगत समस्या भए छलफल गर्न तयार छु’

Mar 6, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो कार्यकालमा शेयरबजारको क्षेत्रमा धेरै सुधार भएको दाबी गर्दै अभैm पनि नीतिगत सुधार गर्नुपर्ने भए छलफल गर्न आफू तयार रहेको बताएका छन् । 

सरकारका प्रवक्तासमेत रहेका खतिवडाले बिहीवार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै शेयरबजारमा पछिल्लो २ वर्षमा सबैभन्दा धेरै सुधार भएको बताए । ‘चाहे नीति बनाउने विषय होस्, चाहे कर प्रणालीमा सुधार गर्ने होस्, चाहे कारोबारलाई छिटो समयमा राफसाफ गर्ने होस् वा मार्जिनसँग सम्बन्धी विषय, सबै पक्षमा धेरै सुधार भएको छ,’ उनले भने ।

अर्थमन्त्रीकै कारण शेयर बजारमा उतारचढाव देखियो भनिन्छ नि ? भन्ने पत्रकारको प्रश्नमा अर्थमन्त्री खतिवडाले शेयरबजार तलमाथि हुने प्रक्रियालाई बजारको ‘सेन्टिमेन्ट’का रूपमा बुभ्mन आग्रह गरे । ‘नीति, प्रणाली, कम्पनीको क्षमता र स्वास्थ्य ठीक हुँदा पनि भाउ तलमाथि हुन्छ भने त्यसमा बजारको सेन्टिमेन्टले काम गरेको छ भनेर बुभ्mनुपर्छ  । बजारको सेन्टिमेन्टलाई कुनै व्यक्ति विशेषसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने ।

अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म दिलाउनु हो भन्दै खतिवडाले बाँकी कुरा लगानीकर्ताको जिम्मा रहेको बताए । ‘शेयरबजारको मूल्यको कुरा पनि त्यही नै हो । यो कुनै मान्छेको अनुहार र व्यक्ति विशेषसँग जोड्ने विषय होइन,’ खतिवडाले भने ।

आफूले लगानी गर्ने कम्पनीको वासलात, नाफा नोक्सानको हिसाब, भविष्यमा त्यो व्यवसाय कति बलियो छ, छैन त्यो हेरेर लगानीको निर्णय गर्न पनि खतिवडाले सुझाव दिए । उनले लगानीकर्ताले त्यो निर्णय गरिरहँदा सरकारबाट आउने नीतिहरू कस्ता हुन्छन् भनेर पर्खिन समेत आग्रह गरे । अहिलेकै सरकार आएपछि अनलाइन ट्रेडिङलगायत कामहरू शुरू भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । 

अर्थमन्त्रीले शेयरबजारमा रहेका नीतिगत समस्यालाई सुधार गर्ने दृढता देखाउनुलाई सरोकारवालाले सकारात्मक भएको बताए । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अर्थमन्त्रीले भनेजस्तै कुनै व्यक्ति विशेषका पछाडि शेयरबजारका लगानीकर्ता कुद्न जरुरी नरहेको बताए । शेयरबजारमा प्यान नम्बर अनिवार्य गरिए पनि सही प्रयोग नभएको बताउँदै उनले त्यसलाई सुधार्न जरुरी रहेको बताए । शेयरबजारमा रहेको दोहोरो करको अवस्था अझै हट्न नसकेको बताउँदै अध्यक्ष रानाभाटले अर्थमन्त्रीले उक्त समस्या हटाउन पहल थाल्नुपर्ने बताए । ‘एउटा कम्पनीले आयकर तिरिरहेको हुन्छ, लाभांश वितरण गर्दा शेयर होल्डरसँग कम्पनीले करकट्टी गर्छ । त्यसैले त्यस्तो दोहोरो कर हटाइनुपर्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)