ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टक र आपूर्ती व्यवस्थामा कुनै समस्या छैन : मन्त्री भट्ट

Mar 6, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

फागुन २३, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बजारमा खाद्य वस्तु ग्यास र आषधीको स्टक तथा आपूर्ती व्यवस्थामा कुनै समस्या नरहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले स्पष्ट पारेको छ । कोरोनाको संक्रमणको जोखिमले बजारमा खाद्य वस्तु तथा ग्यासको अभाव हुने आशंकामा सर्वसाधारणले अनावश्यक स्टक गर्न लागेको भन्दै हल्ल्लाको पछि नलाग्न र अनावश्यक स्टक गर्ने काम नगर्न अनुरोध समेत गरेको छ । 

मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले आवश्यक मात्रामा खाद्य पदार्थ तथा ग्यास र औषधी रहकोले हल्लाको पछि नलाग्न र सबैलाई सही सूचना सम्प्रेषण गर्न आग्रह गरे । ‘अहिले जे यथार्थ हो त्योभन्दा बढि मानिसहरुमा मनोवैज्ञानिक त्रासको अवस्था देखियो । अहिले त्यस्तो अवस्था छैन । म आम सर्वसाधारणलाई हल्लाको पछि नलाग्न आग्रह गर्छु’, मन्त्री भट्टले भने । मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामललगायत खाद्यान्नको आपूर्तीमा समस्या नरहेको समेत दाबी गरेको छ ।

मन्त्रालय अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ । साथै मुलुकमा पेट्रोल डिजल, मट्टितेल, हवाई इन्धनको भण्डारण क्षमता ६८ हजार ३६४ केएल रहेको र यसले कम्तीमा ९ दिन पुग्ने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार बजारमा ग्यासको अभाव हुन नदिने काठमाडौं उपत्यकामा मात्रै दैनिक ४४ हजार सिलिन्डर उत्पादन गरिने छ । हाल दैनिक ३० हजार सिलिन्डर उत्पादन भइरहेकोमा अब १४ हजार थप सिलिन्डर उत्पादन बढाइने छ ।

मन्त्री भट्टले कोरोनाको संक्रमण हुन नदिन र भइहाले के गर्ने भन्ने विषयमा सरकारले विभिन्न योजना अनुरुप काम गरेको जानकारी दिए । मास्क र सेनिटाइजरको आयातमा भन्सार छुट दिने तयारी भएको र यसका लागि उद्योग, वाणिज्य तथा आपुर्र्ती मन्त्रालयले अर्थमन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

उद्योग सचिव चन्द्र घिमिरेले बजारमा औषधी सहित अन्य वस्तुको अभाव हुन नदिनका लागि अनुगमनलाई प्रभाविकारी बनाइएको बताए । साथै मन्त्रालयले व्यवसायीहरुलाई अनुचित मूल्य नबढाउन र बजारमा कृतिम अभाव सिर्जना नगर्न निर्देशन दिएको घिमिरेले जानकारी दिए । 

यस्तै भारतबाट नेपाल आउने कुनै पनि औषधि नरोक्न भारतसँग कुटनीतिक पहल भएको र शुक्रवार मात्रै वाणिज्य मन्त्रालका सचिवले भारतीय समकक्षीसँग यस विषयमा कुरा गर्दा सकारात्मक जवाफ आएको मन्त्री भट्टले जानकारी दिए । ‘हामीले यस विषयमा परराष्ट्र मन्त्रालय मार्फत र हाम्रै मन्त्रालय मातहतबाट कुराकानी गरिसकेका छौँ, विशिष्ट अवस्था भएकाले यो निर्णय गरिएपनि नेपालका लागि नरोक्ने जवाफ भारतबाट आएको छ’ उनले भने । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)