ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेपानीका पाइप सडक विभागले नै राख्ने

Mar 10, 2020  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । सडक विभागले सडक निर्माण तथा विस्तारमा खानेपानीका पाइप पनि आफै बिछ्याउने व्यवस्था शुरू गरेको छ । विभागले गौशालादेखि चाबहिलसम्मको सडकमा रहेका पुराना खानेपानीका पाइप हटाएर नयाँ पाइप राखेको छ । 

सडक निर्माण र बिस्तार अन्तरसरकारी समन्वयको अभावमा लामो समयदेखि प्रभावित हुँदै आएको सन्दर्भमा सडक विभागले आफै पाइप बिछ्याउने सक्रियता लिएको हो । सडक बनाएपछि अर्काे निकायले खन्ने पद्धतिले सडकको गुणस्तरका साथै आवागमनलाई प्रभावित बनाउँदै आएको थियो ।  


सडक विभागले पछिल्लो समय काठमाडौंका  सडकको मर्मतसम्भारलाई नियमित गर्न थालेको छ । काठमाडौंमा प्राइम रूट निर्धारण गरेर विभागले कालोपत्र र १२ महीना नै गुणस्तरीय सडक उपयोग गर्न सक्ने अवस्था बनाउँदै छ  


विदेशका उच्चस्तरीय भ्रमण तथा राष्ट्र प्रमुख नेपाल आउँदा सडक मर्मत तथा कालोपत्र र धूलो हटाउन सडक पखाल्न कुदिहाल्ने प्रवृत्ति हटाउन विभागले पछिल्लो समय काठमाडाैंका  सडकको मर्मतसम्भारलाई नियमित गर्न थालेको छ । काठमाडौंमा प्राइम रूट निर्धारण गरेर विभागले कालोपत्र र १२ महीना नै गुणस्तरीय सडक उपयोग गर्न सक्ने अवस्था बनाउँदै छ । 
अहिले काठमाडौंका प्रमुख र महत्वपूर्ण रूट मानिएका सडकहरू एकाएक धूलोरहित चिल्ला र सानदार देखिन थालेका छन् । विभागले पहिलो चरणमा पहिलो प्राइम रूट मानिएका एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकीसम्म, एयरपोर्टदेखि गौशाला हुँदै चक्रपथ–महाराजगन्जसम्म तथा राष्ट्रपति भवन शीतल निवास लक्षित गरी त्रिपुरेश्वर हुँदै नारायण गोपालचोकसम्म र अर्काे रूट प्रधानमन्त्री निवास रहेको बालुवाटारदेखि प्रमुख प्रशासकीय अड्डा सिंहदरबारसम्मका रूटका सडकहरू मर्मतसम्भार गर्दै कालोपत्र गरी गुणस्तरीय सडक बनाइरहेको छ । 
साथै, सिंहदरबार आसपासका सडकका साथसाथै सिंहदरबारलाई नै केन्द्र बनाएर सातदोबाटो–चापागाउँ, ग्वार्काे– लुभु र गोदावरीदेखि सातदोबाटोसम्मका सडकमा दोस्रो चरणमा काम अघि बढाउने योजना बनाएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । यी काम चालू आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

‘जहिले पनि उच्चस्तरीय भ्रमण तथा सभासम्मेलन हुनासाथ सडक मर्मत गरिहाल्नुपर्ने बाध्यता हटाउन प्रयास गरिएको हो,’ शर्माले भने, ‘काठमाडौंका मुख्य सडकहरूमा अहिले खाल्डाखुल्डी पुरिएका छन् भने कालोपत्र गरेर सुन्दर र गुणस्तरीय बनाइएका छन्, ती सडकलाई अब सदाबहार यही रूपमा राख्ने हो ।’
ठेक्का व्यवस्थापन समयमै हुँदा नै अहिले सडकहरू मर्मतसम्भार तथा कालोपत्र गर्न सम्भव भएको शर्मा बताउँछन् ।

‘चालू आवको साउनदेखि नै ठेक्काको प्रक्रिया शुरू भएको थियो । भदौ÷असोजमा ठेक्का व्यवस्थापन गरिसकेका थियौं,’ शर्माले भने, ‘समयमै ठेक्का व्यवस्थापन हुँदा चाडपर्वपछि तुरुन्तै काम गर्न सकियो र परिणाम सकारात्मक आउन सक्यो ।’

काठमाडौं उपत्यकाका सडक मर्मतसम्भारका लागि चालू आर्थिक वर्ष २०७६/ ७७ मा सडक बोर्ड नेपालले सडक विभागअन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर सडक डिभिजन कार्यालयलाई रू. १ अर्ब ७० करोड बजेट दिएको छ । सोही बजेटबाट अहिले काठमाडौंका सडकहरू मर्मतसम्भार तथा कालोपत्र गरिएका छन् । हालसम्म उक्त बजेटको आधा खर्च भएको छ । अर्थात् अहिलेसम्मका ती सडक निर्माण तथा कालोपत्र गर्न रू. ८५ करोड खर्च भइसकेको छ । 

यसैगरी संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख राजेन्द्रराज शर्माले सडकहरूको अनुगमन भइरहेको र आवश्यकताअनुसार अन्य सडकहरू पनि बनाउने जानकारी दिए । उनले चालू आवभित्र नै चाबहिल–साँखु सडक बनाइसक्ने जानकारी दिए ।

विभागको तालुक मन्त्रालय भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले कार्यभार सम्हालेको सय दिनको अवधिमा काठमाडौं उपत्यकाका सडकहरू खाल्डाखुल्डी र धूलोरहित बनाउने योजनामा सफलता पाएको बताएका थिए । उनले उपत्यकाका ९ हजार ५०० खाल्डाखुल्डी परिएको बताएका थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)