ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उन्नत गाईभैंसी किन्नेलाई २० हजार अनुदान 

Mar 10, 2020  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातका गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरू गरेको छ । गाउँपालिकाले उन्नत गाईभैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको हो । 

व्यावसायिक पशुपालनप्रति कृषकलाई आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । उनका अनुसार कृषकलाई अनुदान दिन गाउँपालिकाले किसानको आवेदन संकलन गरिनेछ । ‘किसानलाई दिगो आम्दानीतर्पm आकर्षित गर्ने गाउँपालिकाको योजनाअनुसार पशुपालनमा अनुदान दिन थालिएको हो,’ उनले भने । 

पछिल्लो समय अधिकांश युवा रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । स्थानीय स्तरमा रोजगारीको वृद्धि गर्ने सम्भावना नभएकाले पशुपालनलाई व्यावसायिक बनाउन सके गाउँ छाडेका युवा फर्किने अपेक्षासहित किसानलाई यसप्रति आकर्षित गर्न थालिएको वडा नम्बर ३ का अध्यक्ष रणबहादुर आलेले बताए । ‘पशुपालनमा युवाहरूको आकर्षण बढ्न सकेको छैन,’ उनले भने, ‘पशुपालनलाई व्यावसायिक बनाउन सके युवा विदेश जानुपर्दैन भनेर पशुपालनलाई जोड दिएका हौं ।’ उनका अनुसार दूध उत्पादन बढाउने र गाउँ गाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको बताए । दूध संकलन केन्द्र स्थापना गर्न चाहने सहकारी र फर्मलाई ७० प्रतिशत अनुदान दिने गाउँपालिकाको योजना रहेको आलेले जानकारी दिए ।  

पशुपालन गर्ने किसानको राम्रो भविष्य देखेरै गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल, मिनी पावर टिलर हलो, भकारो सुधारमा पनि सहयोग गर्न थालेको पन्थीले जानकारी दिए । पशुपालन र कृषि क्षेत्रमा चालू वर्ष गाउँपालिकाले रू. १ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । यस्तै प्रदेश सरकारमार्पmत चालू वर्ष नै मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि शुरू भएको छ । 

पशुपालन र कृषिमा बिहादी गाउँपालिका राम्रो सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकामा प्रशस्त चरण क्षेत्र, भुइँघाँस र डालेघाँस लगाउने क्षेत्र पनि पर्याप्त छ । गाउँपालिकाले पशुपालनमा सहयोग गर्न घाँस विस्तार गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । बजारीकरणका लागि अहिले पक्की सडक बनाउन थालिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)