ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘गौतमबुद्ध विमानस्थल सञ्चालन २०२१ मा मात्रै’

२०७६ फागुन, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्विर : गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परियोजना 
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ । तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ । त्यसैले यो सञ्चालनमा आउन करीब ६ महीना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ । भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए । ‘भौतिक संरचनामा समस्या छैन । तर, आवश्यक उपकरण चीनबाट ल्याउनुपर्ने छ । जुन काम कारोनाको कारण ढिला हुने देखिन्छ । यसले समग्र परियोजनालाई असर गर्छ,’ उनले भने ।

विमानस्थल सञ्चालनमा आउन केही महीना ढिला भए पनि समग्र परियोजना ‘कन्ट्रोल’ भन्दा बाहिर भने नभएको उनले बताए । सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्नेे उनले बताए । ‘टर्मिनल भवनमा जडान हुने उपकरणका लागि आयोजनाका अधिकारीले चीनमा रहेको फ्याक्ट्रीको स्थलगत निरीक्षण गर्न (एफएटी) जानुपर्ने हुन्छ । कोरोनाका कारण त्यो काम रोकिएको छ,’ उनले भने, ‘यी उपकरण चीनबाट ल्याउनुपर्नेछ । विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम जारी छ । ब्यागेज ≈यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । मेशिन जडानमा थप समय लाग्न सक्छ ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा उद्घाटन गरिएको थियो । ठेकेदार कम्पनीको ढिलाइ, स्थानीय अवरोध, मधेश आन्दोलन र कच्चा सामग्री अभाव जस्ता कारणले पटक पटक म्याद थपिएको छ । पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । आयोजनामा चिनियाँ कामदार केही समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले तत्कालका लागि केही अवरोध सृजना भएको निर्देशक अधिकारीले बताए । विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन् । यीमध्ये चीन गएका कतिपय कामदार उतै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेन्टाइनमा बसेका छन् । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रूपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)